मृगौला रोगको लाग्नबाट बच्ने उपाएहरु

![]() |
मृगौला रोगको लाग्नबाट बच्ने उपाएहरु
डा. बद्री पौडेल एम. डी.
मृगौला रोग भनेको के हो ?
मृगौला भनेको हाम्रो शरीरको पेटको पछाडि ढाडको दुवैतिर रहेको दुईवटा महत्वपुर्ण अंग हो । हाम्रो जिवनमा यसको महत्वपुर्ण भुमिका छ । यसले हाम्रो रगतमा भएको फोहोर र बढी मात्रामा भएको पानीलाई पिसावबाट फालेर रगत सफा राख्दछ । यसले रगतमा भएको नुन र खनिज पदार्थ सन्तुलनमा राख्दछ जसले गर्दा रक्तचाप नियन्त्रण हुन्छ ।
जब मृगौला बिग्रन्छ तब पिसाबबाट निस्कने पानी र फोहोर पदार्थ शरीरमै जम्मा हुन्छ, जसले गर्दा वाकवाक लाग्ने र हातखुट्टा सुनिने स्याँस्याँ हुने , पिसाब फेर्न गाह्रो हुने हुन्छ । त्यसपछि मृगौला पुर्णरुपमा काम गर्न छोड्छ, अनि यसलाई राम्रो बनाउन सकिन्न । यसलाई नै मृगौला रोग भनिन्छ ।
प्रत्येक मृगौला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ र त्यसमा लाखौको संख्यामा नेफोनहरु हुन्छन । जुन एउटा अति नै सानो फिल्टर जस्तै हुन्छ र यो फिल्टरले रगतमा भएको फोहोर पदार्थ र बढी भएको पानी छानेर पिसाब बाट बाहिर पठाउँछ ।
स्वस्थ मृगौलाले धेरै महत्वपुर्ण भुमिका खेल्दछ ।
१. यसले हाम्रो शरीरमा पानी र खनिज तत्वको सन्तुलन मिलाउँदछ जस्तै सोडियम, पोटासियम, म्याग्नेसियम र फस्फोरस ।
२. यसले हाम्रो खानामा भएको काम नलाग्ने वा बिशक्त कुरा, केमिकल र मेडिसिन पिसाबबाट बाहिर फाल्छ ।
३. यसले रेनिन नामको इन्जाइम उत्पादन गर्छ जसले रक्तचाप नियन्त्रण गर्दछ ।
४. यसले इराथ्रोपोइटिन (Erythropoieitn) नामको हर्मोन उत्पादन गर्छ , जस्ले राता रक्तकोष बनाउँछ ।
५. यसले भिटामीन डि उत्पादन गर्छ जसले हाड बलियो बनाउँछ ।
अचानक मृगौला बिग्रनुका कारणहरु के हो ?
मृगौलाले काम नगरेको केहि घण्टा वा केहि दिन भएको अवस्थालाई अचानक मृगौला बिग्रीएको भनिन्छ । शरीरमा पानीको मात्रा कम हुनु जस्तै धेरै झाडापखाला लाग्नु वा बान्ता हुनु वा धेरै गर्मी मा काम गर्नु र पर्याप्त मात्रामा पानी नपिउनु का कारण अचानक मृगौला बिग्रिन्छ । अरु कारणमा धेरै लामो समय सम्म ज्वरौ आउने र रगतमा सङक्रमण हुने, पिसाब मार्गमा ढुङगा वा प्रोस्टेड ग्रन्थी बढेर अवरोध हुने जस्ता समस्याहरु पर्दछ । धेरै मात्रामा केहि औषधीहरु सेवन गरेमा जस्तैः– केहि एन्टिबाइटिक र दुखाई कम गर्ने औषधीहरु, अरिङगलले टोकेमा पनि त्यसको बिषले मृगौला बिग्रन सक्छ ।
मृगौलाको पुरानो रोग ( Chronic Kidney Disease) को कारणहरु के – के हुन् ?
३ महिना भन्दा बढी समयसम्म मृगौलाले कम मात्रामा काम गर्ने र क्रमिक रुपमा बिग्रीदै गएको अवस्थालाई मृगौलाको पुरानो रोग भनिन्छ । जब मृगौला पुर्ण रुपले बिग्रिन्छ अनी पहिलाको अवस्थामा फर्काउन नमिल्ने हुन्छ अथवा मृगौलाले आफ्नो कुनै पनि काम गर्न नसक्ने अवस्था नभइन्जेल सम्म खासै लक्ष्यणहरु देखापदैनन् जुन खतरानाक हुन सक्छ ।
मधुमेह र उच्च रक्तचाप नै मृगौला को पुरानो रोगको मुख्य कारणहरु हुन ।
मधुमेह दुई प्रकारका हुन्छन्, ती हुन १. पहिलो प्रकार र २. द्रोसो प्रकार यसलाई ठिक अवस्थामा आउन लामो समय लाग्छ । मृगौला बिग्रीनाले मेडिकल उपचार पनि ढिलो हुन्छ तर पहिलाको जस्तै बनाउन सकिदैन । मधुमेह ले गर्दा पनि मानिसको मृगौला बिग्रिएर डायलाइसिस अथवा मृगौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।
उच्चरक्त चापले गर्दा पनि मृगौलालाई धेरै काममा असर गरेको हुन्छ र मृगौलाको काममा कमी हुदै जान्छ । केहि बर्ष सम्म उच्चरक्तचापले गर्दा रक्त केसिकालाई समेत बिग्राने काम गर्छ जसले गर्दा मृगौला खराब हुदै गएर मधुमेह र अन्य रोग निमत्याउन सक्छ ।
पिसाबमा अबरोधः मृगौलामा ढुङगा भएर वा प्रोसटेड बढेर पिसाब निस्कनमा अवरोध सृजना हुन्छ । यदि यो समस्याको उपचार समयमा भएन भने यसले मृगौलालाई बिग्रान सक्छ ।
मृगौलाको सबभन्दा सानो एकाइ जुन अति नै सानो फिल्टर जस्तै हुन्छ, त्यो सुनिएको अवस्थालाई ग्लोमेरुलो नेफ्राइटिस भनिन्छ । यस्तो अवस्थामा अचानक वा बिस्तारै मृगौलाको पुरानो रोग लाग्न सक्छ र मृगोलाको काम गर्ने क्षमतामा कमी आउँदछ ।
रोग प्रतिरोधात्मक शक्तिमा कमी ल्याउने रोग जस्तै : एच. आई. भी. एड्स हेमाटाइटिस ‘बी’ र ‘सि’ वा लामो समय सम्म भाइरसको संक्रमण भएमा रोग सँग लड्ने शक्ती कम हुन्छ । जसले गर्दा मृगौलारोग लाग्न सक्छ ।
मृगौलामा धेरै मात्रामा संक्रमण भएको अवस्थालाई पाइलो नेफ्राइटिस भनिन्छ। यस्तो अवस्था लामो समय सम्म भइरहेमा यसले मृगौला बिगारन सक्छ ।
मृगोलामा पानीको फोको हुनु पनि धेरै जसो वंशानुगत मृगौला रोगको कारणले हुन्छ । यो अवस्थामा धेरै समय सम्म मृगौलामा पानीको फोको हुन्छ , जसले मुगौला बिग्रारन सक्छ र मृगौला बिग्रन सक्छ ।
जन्मजात दोष: जन्मदै देखा पर्छ । यसको परिणाम स्वरुप पिसाबमा अवरोध वा राम्रो सँग पिसाब बन्न नसक्नु जस्ता समस्याहरु देखा पर्दछन् र मृगौलालाई असर गर्न पुग्दछ । पिसाव थैली र पिसाबमार्गको बिचमा भल्भ लाइक मेकानिजम हुन्छ । त्यसको असरले गर्दा कहिले काही बच्चा पाठेघरको मुखमा अडिएको पाउन सकिन्छ । यसलाई निकाल्नको लागि नशाको बिशेषज्ञयले निकाल्नुपर्ने हुन्छ । यस्तो अवस्थामा मृगौला वा मुटुको समस्या देखिन सक्छ ।
लामो समयदेखि औषधी सेवन गर्दे आएको वा औषधी र केमिकलमा मात्र निहित रहने मान्छेहरुमा धेरै समस्याहरु देखिन्छन् जस्तै: मृगौला बिग्रिने, ती औषधीहरु जस्तै दुखाई कम गर्ने औषधीहरु धेरै मात्रामा सेवन गरेमा मृगौला बिग्रान सक्छ ।
मृगौला रोग कसरी रोगथाम गर्ने ?
मृगौला रोगको रोकथाम भनेको यो रोग लाग्नै नदिनु हो । यसको लागि मुगौलाको नियमित जाँच गराउनु पर्दछ । यदि बेलैमा थाहा भएमा मुगौला बिग्रिनलाई लामो समय सम्म रोक्न सकिन्छ ।
मधुमेह र उच्चरक्तचाप छ भने यस बाट पनि समयमै बच्नु पर्छ । यी दुई रोगहरु मृगौला रोगको प्रमुख कारण हुन त्यसकारण यसबाट बच्न पनि हामीले समय समयमा रक्तचाप जाँच गर्ने ब्यायाम गर्ने , औषधी खाएर सुगर प्रेसर नियन्त्रण गर्ने यस्तो गरेमा मुगौलालाई लामो समय सम्म बचाउन सकिन्छ ।
के तपाईलाई चिनी रोग वा रक्तचापको समस्या छ ? कहिले देखि यी रोगहरुबाट ग्रस्त हुनुहुन्छ ? के तपाईको चिनी रोग वा उच्च रक्तचाप नियन्त्रणमा छ ? यदि नियन्त्रणमा छैन भने तपाईको मृगौला बिग्रन सक्छ । तपाईको परिवारमा कसैलाई यस्तो रोग लाग्नबाट बच्नु होस र बचाँउनुहोस ।
नियमीत जाँच गर्ने
प्रत्येक बर्ष आफ्नो डाक्टर कहाँ जाँच गराउने
पिसाबमा धेरै मात्रामा प्रोटिन, ग्लुकोज वा रगत गएको छ कि भनेर पिसाबको जाँचका लागि सोध्ने ।
ब्लड प्रेसर जाँच गराउने तपाइँको उच्चरक्त चाप छ कि भनेर ।
खाली पेटको सुगर हेर्न लाउने यदि तपाइँको रगतमा सुगरको मात्रा बढी छ की
मधुमेह नियन्त्रण
यदि तपाईलाई मधुमेह छ भने तपाई आफ्नो डाक्टर को सल्लाहमा मधुमेह रोग नियन्त्रण गर्नु पर्छ । यसको लागि खाने कुरामा ध्यान पु«–याउने साथै ब्यायम गर्ने, सुगर जाँच गर्ने र औषधीले सुगरलाई नियन्त्रण गर्ने र मृगौलाको काम गर्ने क्षमता बचाई राख्न मद्दत गर्दछ ।
उच्चरक्तचाप नियन्त्रण
यदि तपाईलाई उच्चरक्तचाप छ भने तपाई आफ्नो डाक्टरको सल्लाह अनुसार यसलाई नियन्त्रणमा राख्नुपर्छ । यसका लागि नियमित ब्यायम, खाने कुरामा नियन्त्रण, साथै औषधी खाएर नियन्त्रण गर्न मद्दत गर्दछ ।
मुगौला रोग विशेषज्ञ सित सल्लाह गर्ने:
यदि तपाईको मृगौलाको काम गर्ने क्षमता पहिला देखिनै कम भई सकेको छ वा तपाईको डाक्टरले तपाईको मुगौला बिग्रिनै लागेको छ भनेमा मुगौला रोग बिशेषज्ञलाई भेट्नु पर्दछ । मुगौला रोग विशेषज्ञले केहि उपयुक्त जाँच गरेर तपाईको मुगौलाको अवस्थाको बारेमा जानकारी गराउँदछ । जसले गर्दा मुगौला लामो समय सम्म बिग्रन दिदैन ।

0 comments
प्रतिक्रिया दिनुहोस्...