-->
नेपाली विद्यार्थीले बनाए पेट्रोलविनै चल्ने मोटरसाइकल


काठमाडौं । तपाईको मोटरसाइकल अहिले
पेट्रोलबाट चलिरहेको छ, तर त्यही मोटरसाइकललाई
अब नेपाली विद्यार्थीहरुले बिजुलीबाट चल्ने
मोटरसाइकलमा फेरि दिन सक्छन् ।
इन्धनको चरम संकट व्यहोरिरहेका नेपालीलाई पुल्चोक
इञ्जिनियररिङ क्याम्पसका विद्यार्थीले शुक्रबार
पेट्रोलविनै चल्ने मोटरसाइकल बनाएर देखाएका हुन् ।
इञ्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुको ६/७
जनाको टोलीले ४ दिन लगाएर इन्धनबाट चल्ने
मोटरसाइकललाई बिजुलीबाट चल्ने मोटरसाइकलमा
रुपान्तरण गरेका हुन् । निर्माणमा सहभागी
विद्यार्थी क्षितिज भण्डारीले पेट्रोलमा चल्ने
अहिले भइरहेका मोटरसाइकललाई ब्याट्री जडान गरेर
चलाउन सकिने बताए । उनले भने- ‘पेट्रोलकै लागि
भारतसँग झुक्नु त परेन नि ।’
पुल्चोक इञ्जिनियरिङ क्याम्पसकै ३/४ वर्षअघिको
ब्याचका विद्यार्थीहरुले पेट्रोल र बिजुली दुबैबाट
सञ्चालन हुने मोटरसाइकल बनाउन सक्ने सोच बनाएको
र त्यही अवधारणामा टेकेर आफूहरुले बिजुलीबाट मात्रै
चल्नेगरी जडान गर्न सफल भएको भण्डारीले सुनाए ।
‘सिनियर दाइहरुले गरेजस्तै गर्ने सोच थियो तर त्यसका
लागि हामीसँग पैसा पुगेन, अनि अहिलेको अवस्थामा
पेट्रोल नचाहिने बाइक बनाउनु उपयुक्त हुन्छ भनेर यो
बाइक बनाएका हौं,’ उनले भने- ‘भारतले इन्धन नदिँदा
हामीले यति दुःख पाइरहेका छौं । पेट्रोल
अनविकरणीय उर्जा हो, भोलि त्यो सकियो भने
भएको बाइक के गर्ने ?’
आफूहरुले पेट्रोल इञ्जिनको मोटरसाइकललाई पनि
बिजुलीबाट गुडाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत
गरेको उनले बताए । अहिले बिजुलीबाट चार्ज गर्ने
प्रविधि जडान गरिएको र यसबाटै आधारित रहेर
सोलारबाट चार्ज गर्ने सिस्टम जडान गर्न पनि सक्ने
उनले बताए । पेट्रोल बाइकभन्दा निर्माण गर्न र
चलाउन दुबै सस्तो पर्ने उनले बताए ।
यो मोटरसाइकल दुईजनाको डबल लोड बोकेर उकालो
पनि गुड्न सक्ने क्षमताको भएको भण्डारीले दाबी गरे
। ब्याट्री फिट गरिएको मोटरसाइकलमा ३ वटा
गियर हुन्छन्, जसले करेन्टको मात्रालाई नियन्त्रणमा
राख्छ । बढी गतिमा जानुपर्यो भने बढी करेन्ट दिने
गियरमा जानुपर्ने भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार यो मोटरसाइकलले आवाज
निकाल्दैन र धुवाँ फाल्दैन । ब्याट्री फिट गर्दा
पेट्रोलको ट्यांकीलाई पनि कुनै दख्खल पर्दैन, त्यसलाई
पछि टेल हालेर समेत चलाउन सकिन्छ । ‘यो त हाम्रो
सोचमात्र हो, यसको व्यवसायिक उत्पादन गर्दा
बजारमूल्य, प्रतिस्पर्धालगायतमा पनि ध्यान
दिनुपर्ने हुन्छ,’ उनले भने ।
मैनवत्ती बाल्नोस् बिजुली बल्छ !
पुल्चोक इञ्जिनियरिङ क्याम्पसको प्राङगणमा
शुक्रबारदेखि सुरु भएको छैठौं ‘मेकानिकल
इञ्जिनियरिङ प्रर्दशनी’ मा विभिन्न नयाँ
आविस्कारहरु राखिएका छन् ।
प्रदर्शनीमा मेसिनबाट मकै छोडाउने, ट्यांकीमा
पानी भर्ने, फूलको गमलामा पानी हाल्ने, मैनबत्ती
बालेर त्यसको शक्तिमार्फत विजुली निकाल्ने,
सोलारको छाता राखेर खाना पकाउने लगायतका
आकर्षक मेसिन राखिएको छ ।
सोसाइटी अफ मेकानिकल इञ्जिनियरिङ स्टुडेन्टस्
(सोमेस)ले उर्जामा आत्मनिर्भरता आजको आवश्यकता
भन्ने मूल नारासहित प्रर्दशनी आयोजना गरेको हो ।
प्रर्दशनीमा ७० वटा स्टलहरु छन् ।
अनलाइनखबरबाट



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.