खोटाङमा २४ जनाको ज्यान जानेगरि भएको बस दुर्घटनाको १२ घन्टा नबित्दै डोटीमा भएको जीप दुर्घटनामा ६ जनाको ज्यान गयो

![]() |
छामः डोटीको जिजौडामाडौं गाविस–३ मा मंगलबार साँझ भएको जीप दुर्घटनामा परि कम्तीमा ६ जना यात्रुको ज्यान गएको छ ।
दीपायलबाट जिजौमाडौं जाँदै गरेको जीप सडकबाट भीरमा खस्दा तीन महिला र तीन पुरुष यात्रुको घटनास्थलमै ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी डिल्लीराज विष्टका अनुसार दुर्घटनामा गम्भीर घाइते ६ जनालाई उद्धार गरि उपक्षेत्रीय अस्पताल डडेलधुरा पठाइएको छ ।
रातिको घटना भएकाले दुर्घटनामा परेको जीपको नम्बर खुल्न सकेको छैन । ज्यान गुमाएका यात्रुहरुको सनाखत भइनसकेको विष्टले बताए
http://annapurnapost.com/News.aspx/story/47217
0 comments
प्रतिक्रिया दिनुहोस्...