-->
नेपाल टुक्र्याउन ब्रसेल्समा यस्तो प्रतिबेदन सार्वजनिक (पूरा रिपाेर्ट सहित)

काठमाडौं, २६ चैत– नेपालको राज्य बिभाजनलाई सहयोग पुर्याउनेगरी ब्रसेल्सबाट नेपालबारे Nepal’s Divisive New Constitution: An Existential Crisis अर्थात ‘नेपालको विभाजनकारी संविधानः अस्तित्वको संकट’ शिर्षकमा एक झुठो प्रतिबेदन सार्वजनिक भएको छ । ‘इन्टरनेसनल क्राइसिस ग्रुप’ले नेपालकाे बिखण्डनलार्इ सहयाेग पुग्ने गरी सुनियाेजित रूपमा साे रिपाेर्ट सार्जनिक गरेकाे छ । उसले प्रकाशन गरेकाे उक्त प्रितबेदनमा नेपालकाे सत्यता र तथ्हयरूलार्इ बङ्गाएर  प्रस्तुथत गिरएकाे छ । क्राइसिस ग्रुपले तराईका जातीय समुदायलाई राज्य बिरुद्धको विप्लवमा उतार्न प्रतिवेदनमा झुठा तथ्यहरुलाई सार्वजनिक गरेको हो । नेपाललाई बिघटनको दिशामा लैजाने अस्त्रका रुपमा प्रयोग गरिएको मधेस आन्दोलन जनताकाे सहभागिता कम हुदै गएपछि केही समय अघि शिथिल भएकाे थियाे  ।  साेही अान्दाेलन फेरि सुरु गर्ने भनिएको पूर्वसन्ध्यामा यस्तो प्रतिवेदन सार्वजनिक भएको हो । छिमेकी बिस्तारबादी भारतकाे अप्रत्यक्ष वा अघाेषित सहयाेगमा चलेकाे मधेस अान्दाेलन फेरी चर्काउने बहस र बिबाद भइरहेका बेला प्रकाशित याे रिपाेर्टलार्इ महत्वका साथ हेरिएकाे छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.