-->
प्रेममा परेका स्त्रीहरुले भोग्नैपर्ने समस्याहरु

स्त्रीहरुको जिन्दगीमा विभिन्न खाले परिवर्तन आउन थाल्दछन् । शारीरिक तथा सामाजिक रुपले उनीहरुको जिवन पूर्ण रुपमा परिवर्तन हुन्छ ।तर एक ठूलो परिवर्तन तब आउँछ जब उनीहरुको जिन्दगीमा कुनै पुरुषले प्रवेश पाउँदछ । त्यसपछि उनीहरु आफ्नो जिवनलाई नै नयाँ तरिकाबाट हेर्न थाल्दछन् र सँगसँगै उनीहरुले विभिन्न खाले कठीन चुनौतिहरुको पनि सामना गर्नुपर्ने हुन्छ ।
खासगरी जब केटीहरु स्कुल तथा कलेजमा पढिरहेका हुन्छन् र कुनै केटासँग प्रेम सम्बन्धमा रहन्छन् त्यस अवस्थामा उनीहरुको अगाडि पटक पटक निकै कठीन चुनौति तथा समस्याहरु आइरहन्छन् । महिला मित्रहरु सायद तपाइँहरुले पनि यस्ता केही संघर्षको सामना गर्नुभएको होला नै ।

जब तपाइँ कुनै केटासँग डेटमा हुनुहुन्छ भने तपाइँको मोबाइल फोन आफ्नो लाइफलाइन बनिसकेको हुन्छ । त्यसअघि सायद तपाइँले आफ्नो मोबाइल फोनलाई बेपरवाह भएर जहीँ तहीँ घरमा फ्याल्नुहुन्थ्यो भने अब चाहीँ आफ्नो साथबाट छुटाउनु नै हुँदैन ।अरु त के ट्वाइलेट जाँदा पनि मोबाइल छाड्ने भन्ने कुरा आउँदैन ।
तर कुनै दिन तपाइँले कथन कदाचित घरमा कतै मोबाइल छाड्नुभयो र तपाइँको मोबाइलमा आएका म्यासेजहरु तपाइँको आमा, बुवा वा घरका अन्य सदस्यले हेरेर तपाइँको प्रेम सम्बन्धको पोल खुल्यो भने । साँच्ची यो निकै ठूलो समस्याको क्षण बन्दछ ।
तपाइँको ब्वायफ्रेण्डले कतै डेटिंगमा गएर फर्किँदा तपाइँको घर भन्दा केही टाढाको गल्लीसम्म बाइकमा ल्याएर तपाइँलाई छाडिदिन्छ । आफु कुनै केटाको बाइकमा चढेर आएको कुराको पत्तो कसैलाई नहोस् भन्नका लागि तपाइँ घरबाट अलिक टाढै नै बाइकबाट ओर्लिनुहुन्छ । तर कुनैदिन तपाइँलाई बाइकबाट ओर्लिने क्रममा घरको कुनै सदस्यले देख्यो भने । यो पनि समस्याकै कुरा हुन्छ ।
तपाइँले आफ्नो ब्वायफ्रेण्डको फोन नम्बर आफ्नो मोबाइलमा सेभ गर्दा कुनै आफ्नो घनिष्ठ साथीको नाम राखेर गर्नुहुन्छ होला । बारम्बार फोन आउँदा घरपरिवारलाई शंका नहोस् भन्नका लागि लगाउने यस्तो जुक्ति पनि चुनौतिपूर्ण नै हुन्छ ।तपाइँको ब्वायफ्रेण्डले तपाइँले आफ्नो ग्रुपसँग घुमाउन लैजान चाहेको हुन्छ तर तपाइँको आमाले तपाइँलाई घुम्न जान अनुमति दिनुहुँदैन ।
त्यो समूहमा धेरै केटा छन् त्यसैले नजाउ भन्ने आमाको निर्देशन हुन्छ । यस्तो अवस्थाको सामना गर्नुपनि निकै चुनौतिपूर्ण नै हुन्छ ।होस्टेलमा बस्ने वा बाहिरै कोठा खोजेर बस्ने युवतीहरु प्रायः अलिक स्वतन्त्र हुन्छन् र आफ्नो ब्वायफ्रेण्डसँग बारम्बार घुमघाम गर्न निस्किन पाउँछन् । तर घरमा सबै परिवारसँग बस्ने केटीहरुका लागि भने यो कुरा निकै समस्याको विषय बन्दछ । उनीहरुलाई रातमा हिँड्ने अनुमति हुँदैन ।
कहिलेकाहीँ तपाइँ आफ्नै ब्वायफ्रेण्डले गरेको कल उठाउनुहुन्छ, तर फोन गर्ने मानिसलाई झपार्दै वा गलत नम्बर पर्यो भन्दै फोन राखिदिनुहुन्छ । तपाइँको ब्वायफ्रेण्डको बारेमा अभिभावकलाई पत्तो नहोस् भन्नका लागि तपाइँले लगाउने यस्तो जुक्तिको परिणाम नकारात्मक पनि हुनसक्छ, तर तपाइँले चुनौति मोल्नैपर्ने हुन्छ ।
घरमा ब्वायफ्रेण्डको फोन आउँदा त कहिलेकाहीँ तपाइँ कुनै केटीसँग कुराकानी गरिरहेको जस्तै गरी बोल्नुहुन्छ होला । यसो गर्दा तपाइँको परिवारका सदस्यलाई तपाइँले केटासँग कुरा गरिरहेको पत्तो नहोस् भन्ने अभिष्ट तपाइँको हुन्छ ।आफ्नो ब्वायफ्रेण्डलाई कुनै केटी बनाएर केटीलाई जस्तै सम्बोधन गरी बोल्नु पनि चुनौतिपूर्ण नै हुन्छ । यसरी बोलिरहँदा कहिलेकाहीँ फोनको स्पिकर लाउड भएर आवाज बाहिर सुनियो र पोल खुल्यो भने के गर्ने ?
कहिलेकाहीँ प्रेमीसँग रातमा कुराकानी गर्नका लागि तपाइँले परिवारसँग सँगै खाना नखाएर आफ्नो कोठामै खाना लगेर खानुपर्ने अवस्था पनि आएकै होला ।तपाइँ कहिलेकाहीँ आफ्नो ब्वायफ्रेण्डसँग घुम्न निस्किएको बेलामा आफ्नो मिल्ने केटी साथीलाई अह्राउनुभएको हुन्छ झुटो बोल्ने कुरा । यदि आमाले फोन गरेमा साथी म सँग छ भनेर ढाँट्नका लागि । यदि कुनै बेला
साथीले सहीँ कुरो बोलिदियो भने त वित्यासै पर्छ कि कसो ?



,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.