-->
प्रहरीले वालिका, पत्रकार र डाक्टर कसैलाई चिनेनन्

राजविराज-१ निवासी ४० वर्षीय दिलिप साह आइतबार साँझ आफ्नै घरको छतमा बसिरहेका थिए । ५ बर्षीया छोरी मुस्कान साहसँगै छतमा बसिरहेका उनको टाउकोमा एक्कासी गोली लाग्यो । गोली लागेको करिब एक घण्टाभित्रै उनले प्राण त्यागे । अवोध छोरीका दुबै हातमा गोली लागेपछि उनी घाइते छिन् ।

पाँच वर्षकी वालिका र उनीसँग घरैमा खेलिरहेका पिताले प्रहरीलाई ढुंगा हानेका थिएनन् । उनीहरु निर्दोष थिए । प्रहरीले भीड नियन्त्रण गर्नका लागि गोली चलाउनुपरे पनि घुँडामुनि मात्रै हान्नुपर्ने कानूनी व्यवस्था छ । तर, टाउको र छातीमै ताकेर गोली चलाउने गरिएको यो नौलो घटना होइन ।
प्रहरीको गोली लागेर भारदह र रुपनीमा एक/एक जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको सप्तरीमा आफ्नै घरमा बसिरहेका सर्वसाधारणको ज्यान गयो । निर्दोषको मृत्यु भएपछि जिल्लामा थप तनाव सिर्जना भइरहेको छ ।
यसरी भयो प्रहरी दमन
राजविराज ३ स्थित आफ्नो घरमा जाने क्रममा १० बर्षीय मो. कलाम प्रहरीको निशानामा आइतबार परे । आन्दोलनकारीसँग झडप भइरहेको समयमा प्रहरीसँग जम्काभेट भएकै समयमा उनीमाथि प्रहरीले बन्दुकको कुन्दाले कुटपिट गरे । उनको टाउको फुटेको छ ।



, , , , , , , , , , , ,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.