मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रयत्न गर्दा राम्रो फाइदा उठाउन सकिनेछ। अरूको हातमा गइसकेको धनसमेत फिर्ता हुन सक्छ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार-व्यवसायमा त्यति फाइदा नहुन सक्छ। तापनि, लगनशीलताले उपलब्धि दिलाउनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट केही लाभ मिल्न सक्छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। आमाको माध्यमबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि आम्दानी बढाउन सकिनेछ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार पनि प्राप्त हुने समय छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा विवाद हुने सम्भावना छ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन्। विगतको श्रमबाट लाभ लिन सकिनेछ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। अध्ययनमा सामान्य ज्ञान लिन पनि निकै मेहनत गर्नुपर्ला। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिन सक्छ। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। अचल धनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। अरूको विश्वासमा पर्दा अलि धोका हुन सक्छ। (नेपाली पात्रो
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती सामना गर्नुपर्दा दिक्दारी बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुने समय छ। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ। (नेपाली पात्रो)
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। मेहनत गर्दा कीर्तिमानी काम सम्पादन हुन सक्छ। विभिन्न अवसर पाइनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। मध्याह्नदेखि सरसापटमा धन खर्च हुन सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय हुनेछन्। प्रलोभनले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम हात पार्ने मौका छ। धेरैले साथ दिनेछन्। मध्याह्नपछि विशेष योजनाहरू बन्नेछन्। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। कीर्तिमानी काम सुरु गर्ने समय छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रारम्भमा काम बिग्रने भयले सताउला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। मध्याह्नपछि सामाजिक उत्तरदायित्व हातलागी हुन सक्छ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। भाग्योन्नतिको समय छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ। उपचारमा खर्च हुनेछ। स्वास्थ्य, महत्वपूर्ण काम र आर्थिक गतिविधिमा सचेत रहनुहोला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना फलीभूत हुनेछन्। मध्याह्नपछि हठ गर्ने बानीले दुःख पाइएला। पतिपत्नीमा समेत अविश्वास बढ्न सक्छ। विवादमा परिने सम्भावना छ। व्यवसायतर्फ सामान्य आम्दानी भइरहनेछ। यात्रामा धनमाल हराउन सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सुखद समाचारले अझ उत्साह बढ्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। मध्याह्नपछि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। प्रयत्न गर्दा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिवारजनसँग असमझदारी बढ्नुका साथै आँटेका काममा बाधा पुग्न सक्छ। सुरुमा समस्या देखिए पनि बिस्तारै बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कामबाट प्रतिष्ठा मिल्नेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी परास्त होलान्। आम्दानी राम्रैगरी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह बढ्नेछ। मध्याह्नपछि अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ। मध्याह्नपछि परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। मनग्य धन आर्जन होला। विछोडिएका आफन्तसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउ“दै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गरेका कामबाट प्रशस्त धन लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पारिवारिक आवश्यकता पूर्ति होला। मध्याह्नदेखि केही मात्रामा खर्च बढ्न सक्छ। तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ। कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
स्वास्थ्य कमजोर हुनाले आँटेको काम रोकिन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रतीक्षाले अधैर्यपना बढाउन सक्छ। तापनि आजको दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। प्रयत्नले अरूको हातमा गइसकेको अवसर फिर्ता दिलाउन सक्छ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काममा अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
फाइदाका पछि लाग्दा छर–छिमेकमा भने असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। फाइदाका लागि होसियारीसाथ काम लिनुपर्ने समय छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रयत्न गर्दैमा समय मात्र बित्नेछ, काम भने अधुरै रहने देखिन्छ। समस्या थपिने सम्भावना छ। सानातिना समस्यामै अल्झनुपर्ने समय छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। पठनपाठनमा समय दिन नसकिएला। व्यावसायिक काम बिग्रनाले अलि अप्ठ्यारोमा परिनेछ। प्रतिकूल परिस्थितिसँग सम्झौता गर्नुपर्ला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम वा मित्रताको बन्धन कसिने सम्भावना छ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। तापनि काममा सहयोग जुट्नेछ। आयआर्जन पनि राम्रै हुनेछ। कामबाट फुर्सद मिल्नुका साथै कार्यक्रममा सहभागी बन्ने अवसर प्राप्त हुन सक्छ। यात्रा गर्ने अवसर जुट्नेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
हठ गर्ने बानीले समस्या निम्त्याए पनि सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोला, धैर्यसाथ लगनशील बन्दा स्थितिमा सुधार आउन सक्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
ढिलासुस्तीले काम बिग्रन सक्छ। अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउने सम्भावना देखिन्छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। अरूको सुझावप्रति शंका उब्जने समय छ। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। परिवारमा आमाको सहयोगबाट काम बन्न सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। नयाँ काम पाइने योग छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्न सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ उठाउन सकिनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउ
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती आइलाग्नन सक्छन्। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।



