Set up in 1636, Harvard University was the first relationship of higher modifying in the U.S. Its history, impact and riches hasn't ceased it from endeavoring particular things with new instructive stages, for occurrence, the MOOC edx, served to develop with close-by MIT.
Harvard's work compel and graduated class have won 47 Nobel Prizes and the school beginning late secured past power manager of The New York Times, Jill Abramson, to show school classes. The school's quick overview of unprecedented adequately show people and graduated class is wide and merges Microsoft originator Bill Gates, Facebook related supporter Mark Zuckerberg, performing expert Natalie Portman, cellist Yo-Yo Ma, NBA star Jeremy Lin and authority Doris Kearns Goodwin. The present president of the school is FORBES' No. 33 Power Woman Drew Gilpin Faust. Harvard University battles in NCAA Division I amusements and its social affairs are known as the Crimson.
Harvard b-ball has twisted up well known for extraordinary events: In the previous two NCAA competitions, Harvard has aggravated No. 12 seed Cincinnati and No. 14 seed New Mexico. Families with understudies on recompense pay a regular of $11,500 yearly around the expense of a Harvard rule. More than 65% of Harvard College understudies get permitted help, and the conventional affirmation not long from $46,000. Since 2007, Harvard's energy for money related support has moved by more than 70%, It keeps running from $96.6 million to $166 million reliably
नेपाल चलचित्र संघले हालै फिल्म निर्माताले पाउने सेयरमा बृद्धि गर्ने निर्णय गरेको छ । मंसीर १ गते संघको कार्य समिति निर्णयले मल्टिप्लेक्समा प्रदर्शित फिल्मको पहिलो साता निर्माताले व्यापारको ५० प्रतिशत, दोस्रो साता ४२ दशमलव ५ प्रतिशत र प्रदर्शनको तेस्रो सातामा ३७ दशमलव ५ प्रतिशत सेयर पाउने व्यवस्था गरेको हो ।
चौथो साता वा सोभन्दा बढी चल्ने फिल्मका हकमा ३० प्रतिशत उपलब्ध गराउन चलचित्र संघ राजी भएको छ । यसअघि चलचित्र विकास बोर्डले फिल्म प्रदर्शन बापतको सेयर बाँडफाँडमा एकरुपता र जायज नभएको भन्दै संघलाई पत्राचार गरेपछि पछिल्लो निर्णय आएको हो । हालसम्म मल्टिप्लेक्सले रिलिजको पहिलो साता ४५ प्रतिशत र त्यसपछि हरेक साता त्यसमा पाँच प्रतिशत कम सेयर निर्मातालाई दिँदै आएको थियो ।
‘अब हामी संघसँग बसेर यसको अन्तिम निर्णय गर्नेछौं,’ बोर्ड अध्यक्ष राजकुमार राईले कान्तिपुरसँग भने, ‘जे होस्, चलचित्र संघको पछिल्लो निर्णय सकारात्मक छ ।’ त्यसैगरी संघ आफ्ना हलमा लाग्ने फिल्मको दुई साता नि:शुल्क हल प्रोमो देखाउने सहमत भएको छ । निर्णयमा भनिएको छ, ‘मल्टिप्लेक्स चलचित्र भवनहरुमा प्रदर्शन गरिने स्वदेशी चलचित्रहरुको दुई हप्तासम्म नि:शुल्क विज्ञापन प्रदर्शन गरी सहयोग गर्ने ।’ मल्टिप्लेक्स हलका लागि गरिएका उक्त दुई निर्णयलाई संघले देशभरका मल्टिप्लेक्सलाई पनि परिपत्र गरिसकेको जनाएको छ ।
नेपाल आयल निगमको ट्यांकरबाट अवैध रूपमा तेल बिक्री गर्न खोजेको भन्दै प्रहरीले ९ हजार लिटर डिजेलसहित एउटा ट्यांकर नियन्त्रणमा लिएको छ ।
आयल निगम र अमलेखगन्जस्थित मुख्य इन्धन डिपोका कर्मचारीको मिलोमतोमा डिजेल बिक्री गर्न खोजेको सूचनापछि प्रहरीले ट्यांकर नियन्त्रणमा लिएको हो । लमजुङस्थित मिदिम खोला जलविद्युत् आयोजनालाई आवश्यक पर्ने डिजेल निगमबाट निकासा गराई बिल, चलानी र आधिकारिक पत्रबिनै तेल ल्याएको पाइएको छ । प्रहरीका अनुसार यसरी तेल बोकेको ट्यांकरलाई सूचनाका आधारमा प्रहरीले थाँक्रे ३ महादेवबेंसी १० किलोस्थित रक्तकाली रोडा तथा ढुंगा उद्योगबाट बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको हो ।
' नेपाल आयल निगमको बा१ख ६५५० नम्बरको ट्यांकरले महादेवबेंसी वरपरकै फ्युल सेन्टरहरूसँग ९ हजार लिटर डिजेलको मोलमोलाइ गरिरहेको सूचनापछि नियन्त्रणमा लिएका हौं,' प्रहरी नायब उपरीक्षक सविन प्रधानले भने । ट्यांकरका चालक फरार छन् । ट्यांकरमा भेटिएका कागजातका आधारमा मकवानपुर पालुङ ३ का चालक जीवनकुमार लामा फरार भए पनि टेलिफोन सम्पर्कमा रहेको खानीखोला प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले बताए । उक्त इन्धन भर्न धोबीघाटस्थित युनियन हाइड्रोपावर प्राइभेट लिमिटेडका अध्यक्ष किरण मल्लले गत कात्तिक ७ मा निगमलाई पत्राचार गरेका थिए । निगमबाट थानकोट डिपोलाई कात्तिक ८ मा आवश्यक कारबाही गर्न तोक लगाएको पनि खुलेको छ ।
भारतीय नाकाबन्दीपछि इन्धन आपूर्ति सहज गर्न नियमित इन्धन बेच्ने पम्पहरूलाई स्थानीय प्रशासनले ३ देखि ६ हजार लिटरसम्म मात्रै खरिद बिक्री गर्नर्े सिफारिस गर्ने गरेको छ । इन्धन वितरण गर्दा प्रहरी निगरानीमा मात्रै गर्ने प्रावधान रहे पनि एउटै कम्पनीलाई लमजुङ लैजान तोक लगाएर बिल र चलानीबिना ९ हजार लिटर इन्धन दिएर नेपाल आयल निगमकै ट्यांकरमा राजधानीतिर पठाउनु र ट्यांकरले एकमुष्ठ बेच्न ग्राहक खोज्नु आफैंमा रहस्यपूर्ण छ, छानबिन सुरु गरेको प्रनाउ प्रधानले बताए । खानीखोलाका प्रहरीको सम्पर्कमा आएका चितवन ज्यामिरेस्थित हेटौंडा आयल वितरकका प्रकाशराज खडकालाई प्रनाउ प्रधानले खरिद बिल र चलानी देखाउन अनुरोध गरेका थिए । तर, खडकाले त्यो देखाउन सकेका छ्रैनन् ।
केरुङको पेट्रोल गल्छीदेखि नौबिसेसम्म
भारतीय नाकाबन्दीपछि चीनले केरुङ हुँदै पठाएको अनुदानको पेट्रोल ट्यांकर चालकहरूले बाटैमा बेेचेको खुलेको छ । अनुदानको इन्धन नेपाल भित्रिने नाका रसुवागढी, नुवाकोट र धादिङको गल्छी हुँदै राजधानी प्रवेश गर्ने नाकाहरूमा ट्यांकर चालकहरूले अनुदानकै इन्धन बेचेको स्रोतले बतायो । पहिलेका खेपहरूमा प्रहरी एस्कर्टिङ भएकाले बेच्न नपाए पनि तिहारअघि आएका अन्तिम खेपका ट्यांकरचालकहरूले गल्छीदेखि नौबिसे सम्मका चिया पसलहरूमा समेत बेचेको फेला परेको छ । हाल उक्त अनुदानको पेट्रोल ३ सय ५० रुपैयाँ प्रतिलिटर बेचबिखन भइरहेको छ ।
आफ्नो इमेल अकाउण्ट होस् वा फेसबुक अकाउण्ट, अनलाइनका अन्य विभिन्न अकाउण्टका पासवर्ड नै किन नहुन् । पासवर्ड भुलेर हैरानीमा पर्ने पीडा धेरैले भोगेकै हुनुपर्छ । कतिको त अझ छिटै नै पासवर्ड भुलिहाल्ने बानी हुन्छ ।
सजिलो तथा सम्झिन सकिने खालको पासवर्ड राखौँ भने अरुले ह्याक गर्लान् भन्ने डर, सुरक्षित तथा अप्ठेरो राखौँ भने आफैले बिर्सिने डर ।
यस्तो धर्मसंकटमा परिन्छ प्रायः । तर अब भने यस्तो असमन्जस्यबाट मुक्ति पाइने भएको छ । शोधकर्ताहरुले यस्तो जुक्ति पत्ता लगाएका छन् जसबाट अब सुरक्षित पासवर्ड सेट गर्न र आफ्नो पासवर्ड सजिलै सम्झिन सकिनेछ ।
शोधकर्ताका अनुसार यो विधिबाट तयार गरिएको पासवर्ड सम्झिने खालको हुनेछ र प्रयोगकर्तालाई सधै याद रहन्छ । यसको साथै यो पासवर्डको अनुमान ह्याकरले गर्नै सक्दैन ।
शोधकर्ताहरुले सुरक्षित तथा स्मरणयोग्य पासवर्डको यो विधिलाई कवितात्मक पासवर्ड विधिको नाम दिएका छन् ।
अमेरिकाको साउदर्न क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरु मर्जान घाज्विनीनेजाद र केभिन नाइटलेे यस सम्बन्धमा एउटा शोधपत्र नै तयार पारेका छन् ।
जसमा र्याण्डम रुपमा छनोट गरिएका शव्दहरुबाट एउटा कविताको हरफ तयार पारी सोहीलाई पासवर्डको रुपमा प्रयोग गर्न सकिने विधि उल्लेख छ ।
यसरी र्याण्डम रुपमा छनोट गरिएका शव्दहरुलाई विभिन्न रुपमा गाँसेर कविता तयार पारेर पासवर्ड सिर्जना गर्ने विभिन्न सामान्य विधिको मूल्यांकन गरेका छन् शोधकर्ताहरुले । उनीहरुले चारवटा र्याण्डम शव्दहरुबाट र्याण्डम वाक्य तयार पार्ने लगायतका विधिको परीक्षण गरे ।
त्यसक्रममा उनीहरुले यस्ता शव्दहरुबाट तयार पारिएको कवितात्मक वाक्य पासवर्डको रुपमा प्रयोग गर्दा सम्झन सजिलो भएको र सो नै सबैभन्दा उपयुक्त हुने निष्कर्ष निकाले । नमूनाको रुपमा शोधकर्ताहरुले दिएका तिनवटा कवितात्मक पासवर्ड यस्ता छन्ः
Incited coolly nationwide
and also shipping countryside
or:
Imperial recruit complain
the diamonds area remain
or even:
The lurid marginal dismay
or pleasure stealing anyway
and also shipping countryside
or:
Imperial recruit complain
the diamonds area remain
or even:
The lurid marginal dismay
or pleasure stealing anyway
शोधकर्ताका अनुसार यस्ता पासवर्ड ब्रेक गर्न ह्याकरलाई असम्भव नै हुन्छ ।
काठमाडौं । मधेसमा जारी आन्दोलनबारे अध्ययन गर्न सरकारी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवराज भट्टको नेतृत्वमा बनेको समितिले रिपोर्ट तयार पारेको छ ।
‘मधेसमा रहेका भूमिगत सशस्त्र समूह र विखण्डनकारी सिके राउतसँग मोर्चाका नेताहरुले भेटघाट बढाएका छन् । सिके राउतले आन्दोलनमा फण्डिङ गरेको पाइएको छ,’ गृहमन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘अब प्रत्येक गाविसमा १२ देखि २५ जनासम्मको मधेस रक्षा दल बनाउने तयारी भइरहेको खुल्न आएको छ ।’गृहमन्त्रीलाई बुझाइएको रिपोर्टमा मधेसी मोर्चाका नेताहरुले तराईको सशस्त्र समूहसित साँठगाँठ गरिरहेको र सिके राउतसँग मिलेर मधेस रक्षा दल गठन गर्ने तयारी भइरहेको दाबी गरिएको छ ।
मधेसका आठ वटा जिल्लामा एमाले कांग्रेस र एमाओवादीलाई खाली गराउने र समानान्तर सरकारसम्म घोषणा गर्ने गरी भूमिगत संगठन र मधेसी मोर्चाका केही नेताहरुवीच छलफल भइरहेको रिपोर्ट भट्टले तयार पारेको स्रोतले बतायो ।
सरकारी कार्यालयहरु चल्न नदिने र राजमार्गमा पुलसमेत तोडफोड गरेर भए पनि यातायात पूर्णरुपमा ठप्प पार्ने रणनीति मधेसी मोर्चाले लिएको रिपोर्ट गृहका अधिकारीसमक्ष पुगेको छ ।
गृहमन्त्रीको आदेश- जसरी पनि राजमार्ग सुचारु हुनुपर्यो
गृहमन्त्री शक्तिबहादुर बस्नेतले आइतबार गृहमन्त्रालयमा मधेसको पछिल्लो स्थितिबारे छलफल गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर विभागका प्रमुखलाई बोलाएका थिए । त्यहाँ अपरेशन हेर्ने एआइजीहरुलाई पनि बोलाइएको थियो ।
गृह स्रोतका अनुसार मन्त्री बस्नेतले सो बैठकमा सुरक्षा अधिकारीलाई कडा निर्देशन दिँदै भनेका थिए- ‘जसरी पनि राजमार्ग सुचारु हुनुपर्यो, राजनीतिक वार्ता राजनीतिक लेबलमा होला, तर राजमार्ग अवरोध भएको गृहमन्त्रालयले हेरेर बस्न मिल्दैन ।’
केन्द्रीय सुरक्षा समितिमा छलफल
आइतबार बेलुका मधेसको सुरक्षास्थितिबारे छलफल गर्न गृहमन्त्रीले केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बोलाएका थिए । सो बैठकले मधेसबारे सुरक्षा नीति बनाएको छ, जसमा सशस्त्र प्रहरी र जनपथ प्रहरीवीच समन्वय गरेर अघि बढ्ने समझदारी बनेको बताइएको छ । तर, सेना परिचालनका लागि भने पछि सोच्ने बैठकमा समझदारी बनेको स्रोतले बतायो ।
सरकार र सुरक्षा निकायवीच मतभेद
मधेसको समस्यालाई हेर्नेबारेमा सुरक्षा निकाय र मन्त्रालयवीच सामान्य मतभेद देखिएको स्रोतले बतायो । यो मतभेद हटाउन गृहमन्त्रीले सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।
मधेसको समस्या राजनीतिक प्रकृतिको भएकाले यसलाई बल प्रयोगद्वारा हल गर्न नसकिने सुरक्षा निकायको बुझाइ छ । तर, गृहमन्त्री शक्तिबहादुर बस्नेतले चाँहि हुलदंगा र तोडफोड भइरहँदा प्रहरीले टुलुटुलु हेरेर बस्न नमिल्ने धारणा व्यक्त गरेको स्रोत बताउँछ । सयजना प्रहरी भएका ठाउँमा ५० जना आन्दोलनकारीले तोडफोड गर्दा पनि प्रहरीले स्थितिलाई नियन्त्रणमा नलिएको गुनासो गृहमन्त्रीको छ ।
यसैवीच गृहमन्त्रालयले बनाएको सुरक्षा रणनीतिमा आन्दोलनका बेला निरन्तर फिल्डमा खटेर थाकेका प्रहरीलाई सहायता हुने गरी थप शक्ति परिचालन गर्ने उल्लेख छ ।
सजिलो छैन सेना परिचालन
मधेसी मोर्चाले राजमार्गकेन्द्रित आन्दोलन गर्न लागेपछि त्यसको सामना गर्न गृहमन्त्री बस्नेत आवश्यक परे सेना परिचालनसमेत गर्नुपर्ने पक्षमा छन् । उनले सार्वजनिक अभिव्यक्ति दिँदै भनिसकेका छन् कि सहमति नभए सरकारले बल प्रयोग गरेर भए पनि अवरोध हटाउनेछ ।
तर, मधेसमा सेना परिचालन गर्न गृहमन्त्रीले चाहेजस्तो सजिलो चाँहि छैन । देशभित्रको आन्तरिक द्वन्द्वमा सेना परिचालन हुने भनेको संकटकालीन अवस्थामा मात्रै हुन्छ ।
अघिल्लो सरकारले मधेसका विभिन्न जिल्लामा दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यो अवस्थामा जिल्ला प्रशासनको निर्देशन अनुसार सेनालाई फिल्डमा उतारिएको थियो, जसलाई मधेसी मोर्चाले आपत्ति जनाएपछि ब्यारेकमा फर्काइएको थियो ।
त्यतिबेला नै सैन्य हेडक्वार्टर र गृहमन्त्रालयवीच यस विषयमा शक्ति संघर्ष भएको थियो र सेनाले प्रेस वक्तव्यसमेत जारी गरेको थियो ।
त्यसो त मधेसको समस्याबारे नेपाली सेनाले आफ्नै स्वतन्त्र तरिकाले पनि विश्लेषण गरेको छ । त्यहाँको समस्या राजनीतिक हो या आपराधिक हो भन्ने कुराको राजनीतिक दलहरुले टुंगो नलगाएसम्म सेना पर्ख र हेरको रणनीतिमा बस्ने देखिन्छ ।
अहिलेसम्म दलहरुले मधेसको समस्यालाई राजनीतिक बताउँदै वार्ताबाटै हल गर्ने बताइरहेको अवस्था छ । आन्दोलनका क्रममा हुने छिटफुट हिंसात्मक घटनामा सेना परिचालन गर्ने प्रचलन छैन ।
तर, मधेसको तनाव गुप्तचर निकायले दाबी गरेजस्तै भूमिगत सशस्त्र समूहसँग मिलेर राज्य विप्लव गर्ने, सशस्त्र दस्ताहरु बनाउने र राज्य विप्लवको रुप लिने दिशातिर गयो भने त्यसबेला राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्नुपर्ने अवस्थामा सेना चूप लागेर बस्ला भन्नचाहिँ सकिँदैन ।
ध्यान दिनुपर्ने अर्को पक्ष के छ भने भारत, अमेरिका, बेलायत, राष्ट्रसंघलगायत विश्वसमुदायले मधेसको समस्या राजनीतिक सम्वादबाटै हल हुनुपर्छ भनिरहेका बेला तत्कालै मधेसमा सेना परिचालन भइहाल्ने स्थिति कमै देखिन्छ ।
राजविराज-१ निवासी ४० वर्षीय दिलिप साह आइतबार साँझ आफ्नै घरको छतमा बसिरहेका थिए । ५ बर्षीया छोरी मुस्कान साहसँगै छतमा बसिरहेका उनको टाउकोमा एक्कासी गोली लाग्यो । गोली लागेको करिब एक घण्टाभित्रै उनले प्राण त्यागे । अवोध छोरीका दुबै हातमा गोली लागेपछि उनी घाइते छिन् ।
पाँच वर्षकी वालिका र उनीसँग घरैमा खेलिरहेका पिताले प्रहरीलाई ढुंगा हानेका थिएनन् । उनीहरु निर्दोष थिए । प्रहरीले भीड नियन्त्रण गर्नका लागि गोली चलाउनुपरे पनि घुँडामुनि मात्रै हान्नुपर्ने कानूनी व्यवस्था छ । तर, टाउको र छातीमै ताकेर गोली चलाउने गरिएको यो नौलो घटना होइन ।
प्रहरीको गोली लागेर भारदह र रुपनीमा एक/एक जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको सप्तरीमा आफ्नै घरमा बसिरहेका सर्वसाधारणको ज्यान गयो । निर्दोषको मृत्यु भएपछि जिल्लामा थप तनाव सिर्जना भइरहेको छ ।
यसरी भयो प्रहरी दमन
राजविराज ३ स्थित आफ्नो घरमा जाने क्रममा १० बर्षीय मो. कलाम प्रहरीको निशानामा आइतबार परे । आन्दोलनकारीसँग झडप भइरहेको समयमा प्रहरीसँग जम्काभेट भएकै समयमा उनीमाथि प्रहरीले बन्दुकको कुन्दाले कुटपिट गरे । उनको टाउको फुटेको छ ।






