काठमाडौंका ग्यास इनारलाई पुर्नजीवन सरकारले दिने

![]() |
ग्यास पाइपवाट घरघरमा चुल्हो वाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणालाई धेरैले मजाकको विषय बनाए । प्रधानमन्त्रीको सो घोषणाको अझै कुरा हुन छोडेको छैन भने प्रधानमन्त्रीले पनि आफ्नो अडान दोहो¥याउन छोडनु भएको छैन । तर पञ्चायत कालमै उपत्यकामा ग्यास उत्पादन हुन्थ्यो भन्ने सुन्दा धेरैलाई दन्त्य कथा झै लाग्छन् । तर जीवित यी मानिसहरु छन् जो आज खपत हुने विद्युतको युनिट परीक्षण गरे झैं ४० को दशकमा ग्यास खपतको युनिट परीक्षण गर्दै हिड्थे ।
यी जीवित अनुहारहरु खानी तथा भुगर्व विभागका कर्मचारीहरु हुन् । सेताम्मे कपाल छन् त्यसरी नै यिनीहरुसित असरल्ल अनेक स्मरणहरु छन् । वि स. २०३८ सालतिर जापान सरकारको सहयोगमा काठमाडौ उपत्यकामा स्थापना गरिएको १४ वटा ग्यास इनारहरुको सञ्चालन, सेवा विस्तार र वन्द हुँदाका स्मृतिहरु । जहाँ यिनीहरु २४ घण्टा नै खटिरहेका हुन्थे । ग्यासको सम्भावना उपत्यकामा नै देख्नु भएका प्रधानमन्त्री ओलीले गत पुष २४ गते सिलिण्डरको युग समाप्त भएको उल्लेख गर्दै ग्यास पाइप घरघरमा पु¥याउने घोषणा गर्नु भएको थियो । जुन यथार्थ कम, मजाक धेरै बनाइको थियो । टेकु पचलीभैरवको मन्दिरसँगै ग्यासको टयाङकी स्थापित छन् । इनारहरु भने भृकुटीमण्डप, शंखमुल, कोटेश्वर, जडीवुटी, तीनकुने, टीकाथली र इमाडोललगायत स्थानहरुमा पनि स्थापित थिए । यो वेल नम्वर २ टेकु । श्री ५ को सरकार खानी तथा भुगर्व विभाग । जहाँ यही नामले अझै पनि बोर्ड सुरक्षित छ । वेल नम्वर १ त्रिपुरेश्वर, टेकु दोभान वेल नंवर ३ र ४ मा उत्पादित ग्यासहरु यहीवाट वितरण हुन्थे । जहाँवाट ग्यास शुक्रराज ट्रपिकल अस्पताल, भेटेनरी अस्पताल, शहीदगेटसँगै सेनाकोे मेस, सुन्धाराको टेलिग्राफ र केन्द्रीय कारागारमा वितरण हुन्थ्यो । यहाँ यी अङ्कहरु स्पष्ट देखिन्छन् ।

शून्य एक पाँच छ सात आठ आठ । अर्थात ग्यास खपतको परिणाम । र यी अङकहरुको नियमित परीक्षण गर्ने यिनी हुन् महेश रिजाल । यहीवाट रिजालले सरकारको जागीर शुरु गरेका हुन् २०४४ सालतिर । वाचमेनका रुपमा प्रवेश गरेका रिजालले मिटर चेक गर्ने काम पाएका थिए ।
यिनीभन्दा अघि काम शुरु गरेका अचुत भारती, खिलावीर घले र शिवप्रसाद रिजालमध्येका रिजाल हुन् यिनी । उपत्यका ग्यासमा आत्मनिर्भर होला भन्ने ठूलो सपना देखेका उनी स्वयम् सोल्टीमोड देखि थापाथलीसम्म घरघरमा ग्यास वितरण गर्न सर्वे गर्दै हिडेका थिए ।
तर उनका सपनाहरु नराम्रोसित थलिए । टेकु दोभानका वेल नंवर ३ र ४ मा अझै पनि भुलभुलाईरहेका छन् ग्यासका फोकाहरु तर उपयोग हुन सकेको छैन । भौतिक संरचनाहरु जीर्ण छन् । खनिएका इनारका साक्षी छन् स्थानीय ८२ वर्षका वसवहादु डेवला ।
दुई सातादेखि ग्यास इनारलाई पुनर्जीवन दिने प्रयत्नमा विभागका कर्मचारीहरु लागि परेका छन् । वातावरण भए, केही दिनमै तयार गर्न सक्ने उनीहरुको विश्वास छ । मूख्य वेलको ७० मिटर गहिराइ सफा भएको छ, जहाँवाट पानी आउन थाले पनि ३ सय मीटर पु¥याउनु पर्ने प्राविधिकको भनाई छ । तर पर्याप्त वजेट र इन्धन अभावको कारण मर्मतसंभारले गति लिन सकेको छैन ।
0 comments
प्रतिक्रिया दिनुहोस्...