-->
काठमाडौंमा नेपाल-भारत-चीन चलिरहँदा सुदुरपश्चिमबाट आक्रमण तयारी, हतियार उठाउने मिति तोकियो

२२ माघ, काठमाडौं ।
झण्डै एक महिना अघिबाट पार्टीलाई भूमिगत शैलीमा रुपान्तरण गर्ने रणनीतिका साथ अर्धभूमिगत रुपमा छापामार शैलीमा जनकारबाहीलाई तीव्र बनाएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले सुदुरपश्चिमका जिल्लामा सक्रियता बढाएको छ ।
biplab maobadi farwestern
‘जनयुद्धले लिएका लक्ष्य र उद्देश्य अझै पूरा नभएको’ भन्दै सशस्त्र संघर्षमा उत्रने उद्घोषका साथ मोहन वैद्य नेतृत्वको माओवादीबाट अलग भएका विप्लव माओवादीले सुदूरपश्चिमका जिल्लामा सक्रियता बढाउँदै जनयुद्धकाललाई सम्झाउने खालका गतिविधिलाई तीव्र पारेका छन् ।
स्रोतका अनुसार जनयुद्धमा तत्कालीन माओवादीले प्रयोग गरिएको पोशाकमै देखिएका विप्लव माओवादीले विभिन्न साँस्कृतिक कार्यक्रमका साथ आफ्नो सक्रियता बढाएको हो । पार्टीका जिम्मेवार व्यक्तिहरुलाई समेत साथमा लिई राजधानी बाहिर हिडेका विप्लवले पछिल्ला केही दिनयता आफ्नो सक्रियतालाई ह्वात्तै बढाएर सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली र डडेल्धुरालगायतका जिल्लाहरुमा जनपरिषद् नाम दिएर जनयुद्धकालमा गठन गरिएजस्तै अभ्यास गर्दै जनसरकार गठन गरेका छन् ।
एकीकृत जनक्रान्तिलाई कार्यदिशा बनाई सशस्त्र संघर्षको तयारी गरेका विप्लव माओवादीले गठन गरेको जनपरिषद्ले हस्तक्षेपकारी भूमिका नखेले पनि त्यसलाई हस्तक्षेपकारी नीति निर्माण गर्ने जनाएको छ । केही साताअघि झापाको दमकमा हतियार सहित साँस्कृतिक कार्यक्रममा देखिएका उनीहरु हाल सुदुरपश्चिमका जिल्लामा देखिएका हुन् ।
सामनाका केन्द्रीय कलाकारको साथमा राजधानी छाडेर हिडेका विप्लव सहितका टोली हाल डोटी, अछामलगायतका जिल्लाहरुमा हतियारसहितको सांस्कृतिक कार्यक्रम व्यस्त रहेको स्रोतले जनाएको छ । विप्लव माओवादीले जनसेना हामी, मुक्ति सेना हामी लगायतका बोलको गीतमा नृत्य प्रस्तुत गर्दै सशस्त्र संघर्षमा उत्रन जनतालाई आव्हान गरेका छन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.