-->
कस्तो घरमा बस्थे पूर्व प्रधानमन्त्री सुशील कोईराला !

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला नेपाली राजनीतिको अग्रस्थानमा मै थिए। गिरिजाप्रसाद कोइरालाको निधनपछि नेपाली कांग्रेसको सभापति बन्न सफल कोइराला अविवाहित भएकाले पनि होला उनीसँग घरसहित अन्य सम्पत्ति खासै थिएन । प्रधानमन्त्री भइसकेपछि उनले सम्पत्ति विवरणमा तीनवटा मोबाइल सार्वजनिक गरेका थिए। 

कांग्रेसका अन्य नेता ठाँटसाथ आफ्नै निजी घरमा बसे पनि उनी लामो समय बुद्धनगरस्थित भान्जा रमेश शर्माको घरमा बस्दै आएका थिए । पछि पार्टी नेता र कार्यकर्ताको आग्रहमा कोइराला पार्टी पूर्वसभापति तथा दाजु गिरिजाप्रसाद कोइराला बस्ने महाराजगञ्जको घरमा सरेका थिए । २०६६ चैत ७ मा तात्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको देहावसानपछि सोही महिनाको २३ गते कोइराला महारागञ्ज ९पार्टी सभापति बस्नलाई भाडामा लिएको घर सरेका थिए।


कृष्णरक्षा राजभण्डारीको घरमा भाडा ३५ हजार पर्दथ्यो।  सुशीलकै तात्कालीन स्वकीय सचिव लक्ष्मण ढकालले महाराजगञ्जको उक्त घर भाडामा लिने चाँजो मिलाएका थिए । नेपालगञ्जका स्थायी बासिन्दा कोइरालाको पुख्र्यौली सम्पत्ति आफ्नो नाममा छैन । प्रधानमन्त्री भएयता उनी सरकारी निवास बालुवाटारमा बस्दैआए पनि हाल उनी भतिजा शशांक कोईरलाको घरमा बस्दै अएका थिए। - 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.