कांग्रेस नेता नरहरि आचार्यको अवस्था 'क्रिटिकल'

![]() |
काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यको स्वास्थ्य अवस्था 'क्रिटिकल' भएको चिकित्सकले दिएको जानकारीका आधारमा युवा नेता गगन थापाले बताएका छन्। मंगलबार बिहान सभापति सुशील कोइरालाको निधनपछि श्रद्धाञ्जली दिन पुगेका उनी केही बेरपछि बेहोस भएका थिए।
ब्लड प्रेसर बढेर ढलेका उनलाई लगत्तै गंगालाल हृदयरोग केन्द्र लगिएको थियो। हाल उनलाई न्युरो अस्पतालमा राखिएको छ।
'अप्रेशन नगरी २४ घण्टा उहाँलाई अब्जरभेसन आइसियुमा राखिएको छ। उहाँको अवस्था क्रिटिकल हो, उहाँको बडीको राइट पार्ट चल्दैन, ब्रेनमा स्ट्रोक भनेपछि ब्लिडिङ छ, प्रेसर अझै तल माथि भइरहेको छ', कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आचार्यको अवस्थाबारे पहिलोपोस्टलाई भने।
सभापतिलाई श्रद्धाञ्जलीका लागि पुगेका आचार्यले महाराजगञ्जमा भलाकुसारी समेत गरेका थिए। उनी कोइरालाको अन्त्येष्टि र पार्टी महाधिवेशनका विषयमा छलफल गर्न बसेको अनौपचारिक बैठकमा समेत सहभागी भएका थिए।
आचार्यका सहयोगी धुव्र खड्काले पनि उनलाई अहिले अस्पतालमा अब्जर्भेसनमा राखिएको बताए। pahilo post साभार

0 comments
प्रतिक्रिया दिनुहोस्...