-->
हातमा पैसा टिक्दैन ? यी ९ तरिकाबाट मालामाल हुनुहोस..

धन कमाउनुको मुख्य उद्देश्य खर्च गर्नु नै हो । तर आवश्यकता
भन्दा बढी खर्च गर्नु जीवनको लागि हानिकारक
हुनजान्छ । आफूले कमाउनुको धनलाई उचित तरिकाले
प्रयोग गर्नुभयो भने जीवन सुखमय हुन्छ । तपाईंको हातमा
पैसा टिकाउने अचुक उपाय यस्ता छन् ।
१) तपाईंको कमाई कम तर खर्च ज्यादा हुन्छ भने तपाईंलाई
महिनाको अन्त्यमा साथीबाट ऋण लिने बाध्यता हुन्छ ।
त्यसैले आफ्नो खर्चको मनिटरिङ गर्न सुरु गर्नुहोस् । तपाईं
आवश्यकता अनुसार मात्रै खर्च गर्नुहोस् ।
२) जुन चिज तपाईं चहानुहुन्छ, त्यसको लिस्ट बनाउनुहोस् ।
यस प्रकारले तपाईंको खर्च म्यानेज गर्न सहयोग पुग्छ ।
३) कुनै पनि नयाँ कामको शूरुवात गर्नको लागि धनको
जरुरत पर्छ तर तपाईं अक्सर राम्रो महुर्तको आसमा काम शूरु
गर्नुहोस् । यसो गर्नुभएन भने तपाईंको काम अड्काउन सक्छ,
वा पैसा पनि धेरै खर्च हुनसक्छ । त्यसैले आफूसँग पैसा
हुनेबित्तिकै तपाईं लगानी गर्नुहोस् ।
४) एक अर्कालाई देखाउनको लागि वा आकर्षक देखिने
प्रयोजनमा हुने खर्चलाई नियन्त्रण गर्न पाउनुभएन भने वा
सुविधा सम्पन्न जीवन जिउनको लागि तपाईंले कर्जा
लिने आदतबाट बच्नुहोस् । घर वा बच्चाको पढाईको
लागि कर्जा लिनुभयो भने उचित हुन्छ ।
५) कयौं व्यक्तिहरु बिना जानकारी शेयरबजारमा पैसा
लगानी गर्छन् । यसले उसलाई नोक्सानको समेत बेहोर्नुपर्छ
। तपार्ईं पनि बिना जानकारी यसरी पैसा खर्च नगर्नुहोस्
। यो कदापी लगानी हुन सक्दैन । यो बाट बाच्नुहोस् ।
६) यो पक्कै गर्नुहोस् हरेक महिना कमाउनुभएको धनका
केही रकमको हिस्सा बचत गर्नुहास् । कोशिस गरेपछि
तपाईंलाई बचत गर्ने बानी बस्नेछ ।
७) तपाईं व्यापारमा हुनुहुन्छ भने रिक्स लिन नडराउनुहोस् ।
कुनै समय रिक्स नलिनुपनि रिक्स साबित हुन सक्छ । त्यसैले
परिस्थितिको राम्रो विश्लेषण गर्नुहोस् र तपाईंलाई
लगानी गर्न ढुक्क बनाउनेछ ।
८) क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छभने, आफ्नो बिलको ड्यु
मिति भन्दा पछि तिर्नुहुन्छ भने यो आदतबाट बच्नुहोस् ।
समयमा ड्यू तिर्नु र फजुुल खर्च गर्नबाट बच्नुहोस् ।
९) चुरोट, राक्सी या अन्य नसालु पदार्थ सेवनको लत छ भने
जरुर पैसा खर्च हुन्छ । यसले तपाईंको स्वास्थ्यमा पनि असर
पर्छ । त्यसैले नशालु पदार्थमा पैसा खर्च गर्नको सट्टा बचत
गर्नुहोस् । जुन तपाईंको भविष्यको आवश्यकतामा काम
आउनेछ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.