राम बनेर हराम पुरुषको नाश गर्न रेखाको यस्तो अवतार

![]() |
नायिका रेखा थापाले पहेलो पहिरनले तयार पारिएको पोशाक लगाएर आफ्नो नयाँ चलचित्र ‘रामप्यारी’को पोष्टर तयार पारेकी छिन् । रेखाको यो पहिरनले फेरि एकपटक हंगामा मच्चाउने संकेत देखिएको छ ।
चैत्र २६ गतेदेखि प्रदर्शनमा आउने आफ्नो नयाँ चलचित्र ‘रामप्यारी’ भित्र रेखा राम र प्यारीको भूमिकामा देखिएकी छिन् । ‘त्रेता यूगमा भगवान् रामले आफ्नै श्रीमतीको अग्नी परिक्षा लिए, म कलियूग कि राम हुँ, जसले तिमीहरु जस्तो हराम पुरुषको अग्नी परिक्षा लिन्छु’ भन्ने संवादसहित रेखाले यो पोष्टर सार्वजनिक गरेकी हुन् । सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा सविन श्रेष्ठ, आश्मा डीसी, आभाष अधिकारी मुख्य भूमिकामा छन् ।
नायिका रेखा थापाको यो चलचित्रमा दोहोरो भूमिका छ । उनले ‘प्यारी’को भूमिकामा भने ट्याम्पु ड्राइभर महिलाको पात्रलाई उठान गरेकी छिन् । रेखाले निर्माण गर्ने हरेक चलचित्रमा नारीको बिषयलाई उठान गरिएको हुन्छ ।
चलचित्र ‘हिफाजत’मा पनि रेखाले पहेलो पहिरन लगाउँदा धार्मिक आस्थामाथि चोट पुर्याएको भन्दै चर्चा भएको थियो । यो पटक पनि रेखाको पहिरनमा ‘राम राम’ लेखिएको छ । हेरौ, यो पोष्टरले कत्तीको हंगामा मच्चाउने हो । onlinekhaber बाट
0 comments
प्रतिक्रिया दिनुहोस्...