-->
अब मलेसियामा रोजगारीका लागि जान नपाइने



मलेसिया सरकारले आफ्नो मुलुकमा नयाँ बिदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने निर्णय गरेको छ ।

मलेसिया उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।
इण्डोनेसिसासँग सीमा जोडिएको सारवाक राज्यमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री हमिदीले सवै स्रोत मुलुकका कामदार लिन आजैदेखि बन्द गर्ने निर्णय गरिएको बताएको मलेसियाली सरकारी समाचार समिति बर्नामा ले जनाएको छ ।
Maleshia
‘अब हामीले बिदेशी कामदारको आबश्यकता कहाँ कति छ भन्ने यकिन गरेर मात्र बिदेशी कामदार लिन खुला गर्नेछौं’ हमिदीले भने ।
उनका अनुसार यस्तो निर्णय बंगलादेशी कामदारका हकमा पनि लागू हुने छ जोसँग मलेसियाका श्रममन्त्रीले बिहीबारमात्र ढाकामा १५ लाख कामदार मलेसिया लैजाने सम्झौता गरेका थिए ।
उपप्रधानमन्त्री हमिदीले बिदेशी कामदार लिने प्रकृया रोकेर लेभी दर लगायतका बिषयमा पुनःविचार गर्न लागिएको बताए । अहिले सरकारको ध्यान मुलुकभित्र रहेका अबैधानिक कामदारलाई पुनः बैधानिक बनाउने र मलेसियालाई अबैधानिक कामदारमुक्त बनाउनेतिर रहेको उनले बताए ।

पुनःदर्ता कार्यक्रममा सहभागी नहुने अबैधानिक कामदारलाई पक्राउ गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी धरपकड गरिने र उनीहरुलाई आफ्नै मुलुकमा फिर्ता गरिने उनले बताए ।
यो निर्णयसँगै मलेसिया सरकारले अब बिदेशी कामदारका ल्याउन स्वीकृति दिन बन्द गर्ने छ । नेपाली कामदारको बैदेशिक रोजगारीका लागि मुख्य गन्तब्य मानिएको मलेसियाको यो निर्णयले नेपाली कामदारलाई समेत प्रभाव पार्ने छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.