वैदेशिक रोजगारीमा जाने युवालाई खुसीको खबर !

![]() |
काठमाडौँ, २३ माघ । वैदेशिक रोजगार प्रवद्र्धन
बोडले वैदेशिक रोजगारीमा जान चाहने युवालाई
लक्षित गरी १० हजार युवालाई निःशुल्क
सीपमूलक तालिम प्रदान गर्ने भएको छ ।
गन्तब्य मुलुकहरुमा अदक्ष जनशक्ति रोजगारीका
लागि गएर विभिन्न खाले समस्यामा परेपछि
बोर्डले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित
बनाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको हो
।
वार्षिक रुपमा तीन हजार युवालाई तालिम दिँदै
आएको बोर्डले यो वर्ष १० देखि १२ हजारसम्मलाई
विभिन्न विधामा सीममूलक तालिम दिन
लागेको छ ।
गन्तब्य मुलुकहरुको आवश्यकता अनुसारको वैदेशिक
रोजगारीमा जानेलाई तालिम दिन लागिएको
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले
जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा जान चाहने युवालाई
लक्षित गरी बोर्डले १६० घण्टे आवासीय तालिम
दिन लागेको हो । इलेक्ट्रिसियन, प्लम्बर,
हाउसकिपिङ, वाइरिङ, कुक, सुरक्षागार्ड
लगायतका विधामा तालिम दिइनेछ ।
त्यस्तो तालिम सम्बन्धित जिल्लाहरुमा गएर दिइने
छ । तालिम प्रदायक संस्थाहरुको छनौटको काम
सकिएको र चाँडै सञ्चालन गरिने बोर्डले जनाएको
छ ।
बोर्डका अनुसार पूर्वाञ्चलमा दुई हजार ३००,
मध्यमाञ्चलमा तीन हजार, पश्चिमाञ्चलमा दुई
हजार, मध्यपश्चिमाञ्चलमा एक हजार ४०० र
सुदूरपश्चिमाञ्चलमा एक हजार ३०० लाई तालिम
दिइने छ ।
उद्यमशिलता विकास गर्ने र उनीहरुलाई स्वदेशमै
आकर्षित गर्ने उद्देश्यले यस्तो किसिमको तालिम
सञ्चालन गर्न लागिएको बोर्डका सहायक
निर्देशक दीपेन्द्र पौडेलले बताउनुभयो ।
बोर्डले सीपमूलक तालिमका लागि वार्षिक बजेट
अनुरुप रु १५ करोड विनियोजन गरेको छ ।
तालिमका लागि सामी हेल्भटास संस्थाले रु १०
करोड सहयोग गरेको सहायक निर्देशक पौडेलले
जानकारी दिनुभयो ।
सामान्यतयाः नेपाली कामदारले बिना
तालिम वैदेशिक रोजगारीमा जादाँ सम्बन्धित
देशको रु ८०० पाउछन् भने तालिम पश्चात रु एक हजार
५०० को हाराहारीमा पाउने बताइन्छ । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...