साग फुटबलमा नेपालले आइतबार भुटानसँग खेल्ने

![]() |
२३ माघ, गुवाहटी । १२औं दक्षिण एसियाली साग
खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपालले आइतबार भुटानसँग
प्रतिस्पर्धा गर्दैछ ।
दुई साताअघि बंगलादेशमा बंगबन्धु गोल्ड कपको
उपाधि जितेको नेपाली टोली फेरि अर्को उपाधि
जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ ।
नेपाल र भुटानको खेल गुवाहाटीस्थित नेहरु
रंगशालामा हुनेछ । नेपाली टोलीका प्रशिक्षक
राजुकाजी शाक्य पनि भुटानलाई पराजित गर्दै सुखद
सुरुवातका साथ सेमिफाइनलमा प्रवेश गर्ने दाबी
गर्छन् ।
भुटानलाई पराजित गर्न सके नेपाल समूह बीबाट
सेमिफाइनलमा पुग्नेछ । त्यसकारण पनि नेपालका
लागि भुटानसँगको खेल महत्वपूर्ण छ ।
नेपालले ११ तारिखमा बंलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
अनलाइनखबरबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...