-->
राजुकाजी शाक्य जसले तीन फरक भूमिकामा स्वर्ण पदक जिते

दक्षिण एशियाली खेलकुद (साग) फुटबलमा भारतलाई हराउँदै २३ वर्षपछि स्वर्ण पदक जितेको नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्य भाग्यमानी प्रशिक्षक सावित भएका छन्।
 
तीन फरक भूमिकामा फुटबलमा नेपाललाई स्वर्ण पदक जिताउने प्रशिक्षक हुन् राजुकाजी शाक्य। 
 
नेपालले सन् १९८४ बाट सुरु भएको साग खेलकुदको पहिलो संस्करणमा फुटबलमा पहिलो पटक स्वर्ण जित्दा अहिलेका नेपाली फुटबल टोलीका प्रशिक्षक शाक्य खेलाडीको भूमिकामा थिए।
 
सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साग (तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद) प्रतियोगितामा भने नेपाली टोली शाक्यकै कप्तानीमा मैदान उत्रिएको थियो।
 
जुन खेलमा नेपालले राजुकाजी शाक्यकै कप्तानीमा स्वर्ण पदक हात पार्न सफल भएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्न नसकेको नेपाली टोलीले माघमा भएको बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेर अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोडेको थियो। 
 
तर साग खेलकुदमा नेपालले सन् १९९३ यता कुनै उपाधि जित्न सकेको थिएन। तर सोमवार १२ औँ साग फुटबलमा स्वर्ण पदक हात पार्दै नेपालले स्वर्ण पदक हात पार्यो।
 
र यसपटक पनि स्वर्ण पदक हात पार्दा दुई पटक स्वर्ण पदक जितेका उनै राजुकाजी शाक्यले प्रशिक्षकको भूमिकामा रहेर नेपाललाई तीन फरक भूमिकामा स्वर्ण पदक हात पार्न सफल भए। 
सन् २००४ यता साग फुटबलमा यु–२३ खेलाडीलाई समावेश गरिँदै आएको छ। setopati



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.