-->
चीनको पनि नाकाबन्दी, साढे २ अर्बभन्दा बढीको सामग्री नाकामै अलपत्र

काठमाडौं, २६ माघ - भूकम्पपछि चीनसँग जोडिएको तातोपानी नाका संचालनमा नआएपछि नेपाली व्यवसायीको साढे २ अर्बभन्दा बढीको सामग्री नाकामै अलपत्र परेको छ। 
 
भूकम्पपछि चीन सरकारले तातोपानी नाकालाई बन्द गरी रसुवा नाकालाई खुकुलो बनाएपछि नेपाली व्यापारीको सामग्री तातोपानी नाकामा कुहिने अवस्थामा पुगेको हो।
 
अधिकांश साना व्यवसायीको सामग्री नाकामा रोकिएपछि उनीहरु आत्महत्या गर्ने अवस्थामा पुगेको हिमालय सीमापार व्यापार संघका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए। उनका अनुसार ४ सयभन्दा बढी ट्रक तातोपानीको गोदाममा अड्किएको छ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.