-->
नेहाको हत्यारा पक्राउ, १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने


कास्की – मगर चलचित्रकी नायिका समेत रहेकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको अभियोगमा पोखरा नयाँ सडकका एक युवक पक्राउ परेको प्रहरी स्रोतले बताएको छ । यसबारेमा प्रहरीले १ बजे कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार अभियुक्तले हत्या गरेको स्वीकार गरिसकेको छ । ‘हेलमेटले हानेर नेहाको हत्या गरिएको अभियुक्तले स्वीकार गरेको छ,’ प्रहरी स्रोत भन्छ ।
प्रहरी प्रमुख पालले भने यसबारे विस्तृत विवरण पत्रकार सम्मेलनमा नै दिने बताए ।
माघ १९ गते विहान घर नजिकै हत्या भएको अवस्थामा नेहाको शव फेला परेको थियो । मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन् । दैनिक बिहान काममा जाने र राती ७(८ बजे फर्कने उनी साँझ नफिर्किएपछि आफन्तले खोजी गरेका थिए ।

-



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.