पाल्पामा जिप दुर्घटना, एकको मृत्यु

![]() |
पाल्पामा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीनना घाइते भएका छन्।
तानसेनबाट बहादुरपुरतर्फ जाँदै गरेको लु १ ज २०६१ नम्बरको जिप जल्पा–८, ढोलीमारामा गएराति दुर्घटना हुँदा बहादुरपुर–९ का ४० वर्षीय जयबहादुर रानाको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले जानकारी दिए।
घाइतेहरु ताहु–८ का रुपप्रसाद दाहाल, शिवशंकर आले र लक्ष्मी झेडीमगरको तानसेनको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिप उकालो चढ्न नसकेर ब्याक हुँदा सडकबाट करिब ४० मिटर तल खसेको थियो।


0 comments
प्रतिक्रिया दिनुहोस्...