-->
फेसबुकमा अब लाइकसँगै रियाक्सन बटन


माघ १५ - सामाजिक सञ्जाल फेसबुकले नयाँ विशेषता चाँडै नै ल्याउने भएको छ । फेसबुकले अहिले रहँदै आएको लाइक अप्सनलाई रियाक्सन अप्सनमा परिणत गरेर त्यसभित्र लाइकसहित थप पाँच वटा विकल्प ल्याउन लागेको हो ।

अहिले परीक्षणमा रहेको रियाक्सन अप्सनमा लाइक, लभ, हाहा, वाउ, स्याड र एङग्री गरी ६ वटा विकल्प हुनेछ । यो सेवा सुरु भएपछि फेसबुकमा कसैले पोस्ट गरेको स्टाटस, तस्बिर वा अरु सामग्री लाइक मात्रै गर्न पाउने बाध्यता हट्नेछ । यसपछि प्रयोगकर्ताले आफ्नो रुची अनुसार आफ्नो प्रतिक्रिया विभिन्न रुपमा जनाउन पाउनेछन् ।

अहिले यो सेवा स्पेन, आयरल्याण्ड तथा अरु केही ठाउँमा परीक्षणमा रहेको र अब चाँडै नै विश्वभरी नै सुरु गरिने फेसबुकका प्रमुख मार्क जुकरबर्गले बताएका छन् । उनले यो कुरा विश्लेषकसँगको अन्तर्क्रियाको क्रममा बताएका हुन् । रियाक्सनको नयाँ अप्सनभित्र याय भन्ने रहेपनि त्यसलाई पछि हटाइएको छ । 

-



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.