काठमाण्डुमैत्रि बिधुतिय बस अाउने भयो (भिडियो)

![]() |
काठमाडौं उपत्यकाको सडक सुहाउदा सार्वजनिक विद्युतिय बसको सम्भाव्यता अध्ययन गर्न काठमाडौं महानगरपालिकाबाट ४ सदस्य टोली चीन पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणमा औपचारिक सम्झौताको तयारीका लागी सरकारी तहकै पहलमा उनीहरुलाई बस उत्पादक कम्पनीहरुको अध्ययनमा टोली पुगेको हो।
काठमाडौं उपत्यकाको सडकको अवस्था अनुसार चल्लने बस, त्यसको व्यवस्थापन, सर्वसुलभ लगायतका कुराहरु बुझेर टोली केही दिनमा फर्किनेेछ। महानगरपालिकाको प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीको नेतृत्वमा राजस्व महाशाखा प्रमुख महेश काफ्ले, सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रमुख शिव अधिकारी र प्राविधिक प्रमोद डंगोल अघिल्लो शनिवार सांघाइ पुगेका थिए।
‘सरकारी स्तरबाटै पहल भएकाले टोलीले काठमाडौं मैत्री विद्युतिय बसको अध्ययन गर्न पुगेको हो,’ महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले शनिवार भने, ‘उनीहरु आइसकेपछि बसको मूल्य र अवस्थाको आधारमा ल्याउँने प्रक्रिया सुरु हुन्छ। संभावना भए सरकारलाई पनि अनुरोध गर्छौ।’
पछिल्लो पटक उपप्रधानमन्त्री एवं संघिय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाको चीन भ्रमणका बेला भएका कुराकानीलाई औपचारिकता दिने तयारीका लागि टोली पठाइएको उनले बताए। ‘उपप्रधानमन्त्र ज्यूले विद्युतिय बसका लागि प्रयत्न गर्न आग्रह गरेपछि हामी लागेका हौं,’ उनले भने, ‘टोलीले दिएको सुझावअनुसार हामी लाग्छौं।’
प्रधानमन्त्रीका प्रमुख सल्लाकार विष्णु रिमालले पनि सरकारी पहलमै टोली पठाइएको हुनसक्ने संकेत दिए। परराष्ट्रमन्त्री समेत रहेका थापा चीन पुगेकै बेला भएका छलफलाई अनुकुल पर्न टोली पुगेको हुनसक्ने उनले बताए।
‘महानगरपालिका र साझा यातायतको सहकार्यमा विद्युतिय बस सञ्चालन गर्ने भन्ने कुरा चलिरहेको थियो,’ उनले भने, ‘चीनमा चल्ने विद्युतिय बसलाई हाम्रो सडकमैत्री बनाउन आवश्यक छ।’
महानगर प्रमुख तामाङले पनि साझासँग सहकार्य गरेर विद्युतिय बस सञ्चालन गर्नका लागि आफुहरु तयारीमा रहेको जानकारी दिए। संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयसँगको सल्लाहमा अध्ययनमा लागिएको पनि उनले बताए।
‘दुइ /तीन महिनाभित्र हुन सक्ने प्रधानमन्त्रीको चीन भ्रमणमा सम्झौता गर्नेगरि तयारीमा जुटेका हौं,’ उनले भने।

0 comments
प्रतिक्रिया दिनुहोस्...