-->
मोदीको हत्या गर्न भारतमा पसे आईएस

एजेन्सी : आतंकवादी संगठन इस्लामिक स्टेट (आईसआईएस) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हमला गरी उनको ज्यान लिनमानव बम बनाएको खुलासा भारतीय जासुसी एजेन्सीले नै गरेका छन् । 

 

मोदीलाई उडाउन १२ देखि १५ वर्षका बालकहरुलाई मानव बमका रुपमा आईएसले प्रयोग गर्न लागेको सूचना जासुसी एजेन्सीले दिएका हुन् । आईएसले मोदीलाई उडाउनकै लागि आफ्नो संगठनमा बालकहरुलाई भर्ती गरेको हो । 

 

अंग्रेजी अखबार द टाइम्स अफ इन्डियाले आफ्नो रिपोर्टमा सूत्रलाई उधृत गर्दै जनाए अनुसार हतियार र विस्फोट चलाउन जान्ने १२ देखि १५ वर्षका बालकहरु भारतमा पसिसकेका छन् । 

 

यसबारेमा जासुसी एजेन्सीले शुक्रवार मात्रै अलर्ट पनि जारी गरिसकेका छन् । यो सूचनापछि एसपीजी, एनसीआर पुलिस र जासुसी एजेन्सीलाई उच्च सर्तक अवस्थामा राखिएको छ । 

 

अघिल्लो स्वतन्त्रता दिवसमा मोदी लाल किल्लाबाट निक्लेपछि आफ्नो सुरक्षा दस्तालाई नबताइ बालबालिकासँग मिल्न उनीहरुको बीचमा पुगेका थिए । 

 

आईएसआईएस मोदीको यही कम्जोरीबाट फाइदा उठाउँदै उनीमाथि निशाना बनाउनका लागि बालकहरुलाई प्रयोग गर्ने तयारीमा लागेको हो । प्रधानमन्त्री मोदीको सुरक्षामा खटिएको स्पेशल प्रोटेक्शन ग्रुप (एसपिजी) यो सूचना आएपछि उच्च सतर्क अवस्थामा बसेको छ । 

 

प्रधानमन्त्रीलाई निशाना बनाउनका लागि तयार गरिएका बालकहरुसँग जोडिएको सूचना मिलेपछि एसपीजी र सलाहकारलाई त्यसबारेमा 'ब्रिफ' गरिएको छ । 

 

सुरक्षा अधिकारीहरुले गत सालको जस्तै यो पटकको स्वन्तन्त्र दिवसमा सुरक्षा घेरा नतोड्न पनि प्रम मोदीलाई आग्रह गरेका छन् । 

 

यो सूचना आएपछि दिल्ली पुलिस चनाखो अवस्थामा बसेको छ। भारतीय गृहमन्त्रालयले स्पेशल सेललाई उपनि अलर्ट बनाएर उसलाई सर्च अपरेशन जारी राख्न निर्देशन दिएको छ । 

 

यसभन्दा अघि गोवामा आइएससँग जोडिएको एक बेवारिसे चिठ्ठीमार्फत रक्षामन्त्री मनोहर पर्रिकर र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धमकी दिइएको थियो । 

 

तर पर्रिकरले चिठ्ठीबारे सूचना लिएपछि यो धम्कीलाई ५० पैसोको पोस्टकार्ड मात्रै भएको जनाएका थिए । उनले आफ्नो र प्रम मोदी दुबैको ज्यानमा कुनै असुरक्षा नरहेको स्पष्टिकरण दिएका थिए । 

 

आईएसले केही दिनअघि बालकहरुको कठोर शारीरिक तालिमसँगै मेशिनगन र रकेट लन्चर हानिरहेको भिडियो सार्वजनिक गरेको थियो । 

 

पाकिस्तान र अफगानिस्तानका आतंकवादी क्याम्पमा पनि बालकहरुलाई पनि तालिम दिने गरिएको छ । बालकहरुलाई तालिम दिने आतंकवादी संगठनमा एक अन्सार-उद-तवाहिद (एयूटी) पनि रहेको छ । जुन संगठनले आईएसललाई भारतमा कदम राख्नन मद्दत गरिरहेको छ । 

 

यो पटक सबैभन्दा ज्यादा अलर्ट भारतमा जारी गरिएको छ । भारतको स्वतन्त्रता दिवसमा पहिलो पटक दिल्लीको राजपथमा फ्रान्सको सेनाले पनि भारतीय सेनासँगै परेड खेल्ने भएकाले यो अलर्ट जारी गरिएको हो । 
 

राजपथमा परेड खेल्नका लागि फ्रान्सेली सेनाको टुकडीले भारतीय सैनिकसँगै फुल ड्रेस रिहर्सल पनि गरिसकेको छ।  

 

यसभन्दा अघि जासुसी एजेन्सीले अलर्ट जारी गर्दै आईएसआईएस भारतमा पनि फ्रान्सको राजधानी पेरिसमा जस्तै हमला गर्ने योजना बनाइरहेको जनाएका थिए । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.