मोतियाबिन्दु के कारण लग्छ ?

![]() |
१८ मङ्सिर – महोत्तरी जिल्लाको सहोडवा गाविस– ८ हर्दियामा सञ्चालित एकदिने निःशुल्क आँखा शिविरमा १०५ जनामा मोतियाबिन्दु फेला परेको छ । हर्दिया युवा क्लबको आयोजना तथा जानकी आँखा अस्पताल, जनकपुरको प्राविधिक सहयोगमा सहोडवामा बिहीबार भएको शिविरमा २१० जनाको उपचार गरिएकामा १०५ जनामा मोतियाबिन्दु रोग फेला परेको क्लबका अध्यक्ष भगवान दासले बताउनुभयो ।
शिविरमा महोत्तरी र धनुषाका विभिन्न गाविसबाट आँखा जाँचका लागि आएका बिरामीमा मोतियाबिन्दु, माइग्रेन हेडेक, जलबिन्दु, आँखा पाक्ने रोग, चश्मासम्बन्धी रोग र एलर्जीका बिरामी फेला परेको जानकारी उपचारमा संलग्न चिकित्सक ज्ञानेन्द्रप्रसाद विमलले दिनुभयो ।
शिविरमा मोतियाबिन्दु देखापरेका सबै बिरामीलाई आज जानकी आँखा अस्पताल, जनकपुरमा सहुलियतमा शल्यक्रिया गरिने चिकित्सक नुतनकुमार झाले बताउनुभयो ।



0 comments
प्रतिक्रिया दिनुहोस्...