-->
के छ संशोधन प्रस्तावमा ?

काठमाडौँ, १८ मंसिर – मधेसका मुद्दा सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव अगाडि बढाउन प्रमुख तीन दल सहमत भएका छन् । संविधानमा समानुपातिक समावेशिताको सुनिश्चितता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रका लागि संशोधन प्रक्रिया अघि बढाउने सहमति तीन दलबीच भएको छ । मधेसी मोर्चाको मागबारे साझा धारणा बनाउन बिहीबार बिहान बालुवाटारमा तीन दलको बैठक बसेको थियो ।

नेपालको संविधानको धारा ४२ को उपधारा (१) मा रहेको ‘समावेशी सिद्धान्तका आधारमा’ भन्ने शब्दको सट्टा ‘समानुपातिक समावेशी सिद्धान्तका आधारमा’ भन्ने शब्द राख्ने सहमति पनि बनेको छ ।

संविधानको धारा ८४ को उपधारा (१) को खण्ड (क) मा रहेका ‘भूगोल र जनसंख्याका आधारमा’ भन्ने शब्दको सट्टा ‘जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा’ भन्ने शब्द राख्ने उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.