मृतक महिलाको शव सदरमुकाम मलंगवा लगेर प्रदर्शनको तयारी भैरहेको संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादवले बताए । सर्लाहीको नवलपुरमा पुर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेर सभा गर्दैगर्दा बिहीबार प्रहरीले गोली चलाएको थियो ।
प्रहरीले चलाएको गोली लागेर पिपरीयाका गुडु यादव, परडियाका शिवल पासवान, सलेमपुरको मनोहर राय यादव, इश्वरपुर–३ का मनोज महतो, मलंगवा–५ का नागेन्द्र ठाकुर, औरही–६ का पप्पुकुमार महतो, धनगढ–८ का सुरेन्द्र प्रसाद साह, चन्द्रनगर–६ का जगदेव राउत घाइते भएका छन् ।
उनीहरुको उपचार सर्लाही जिल्ला अस्पताल मलंगवामा भइरहेको छ । अन्य २२ जना भन्दा बढीको उपचार सर्लाही जिल्ला अस्पताल मलंगवामा भइरहेको छ ।
शान्तिपूर्ण सभाको अन्तिम अवस्थामा स्थानीय प्रशासनले गोली र लाठी चार्ज गरेर दमन गरेको संघीय समाजवादी फोरमा जिल्ला अध्यक्ष अशोक यादवले बताए।
झडपपछि सर्लाहीमा एकको मृत्यु, शवसहित प्रदर्शन

![]() |
सर्लाही-सर्लाहीमा मधेसी मोर्चाको आन्दोलनमा प्रहरीले गोली चलाएपछि भएको भागदौडमा एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ भएको भागदौडमा नवलपुर–६ की राधिका साह कथविनियाको मृत्यु हो। मृतक महिलाको शव नवलपुर चोकमा राखेर स्थानीयले शुक्रबार बिहानैदेखि पूर्व-पश्चिम राजमार्ग अबरुद्ध गरेका छन् ।



0 comments
प्रतिक्रिया दिनुहोस्...