नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग

![]() |
काठमाडौँ, २१ मङ्सिर । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न र उहाँको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेको छ । परिषद्ले प्रधानमन्त्रीसँग मागसहितको ज्ञापन बुझाउँदै राष्ट्र निर्माता र पूर्वजप्रति श्रद्धासुमन अपर्ण गरी राष्ट्रिय एकता दिवसलाई भव्यताका साथ मनाउने वातावरण सिर्जना गरिदिन आग्रह गरेको हो ।
प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री र अन्य विभागीय मन्त्रीलाई मागको बोधार्थ पठाइएको परिषद्का अध्यक्ष शङ्खर पौडेलले जानकारी दिनुभयो । यसैबीच पृथ्वीनारायण शाहको २०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रुपमा सफल पार्न राजनीतिज्ञ रामबाबु प्रसार्इंको अध्यक्षतामा नागरिक मूल समारोह समिति गठन गरिएको परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...