-->
बिमल गुरुङद्वारा भारतीय गृहमन्त्रीसामु सामुहिक आत्मदाह गर्ने चेतावनी

मंसिर २१, काठमाडौं । गोर्खाल्याण्डको माग गर्दै विगत लामो समयदेखि चलिरहेको संघर्ष फेरि चर्काउने तयारी दार्जीलिङका नेपाली भाषीहरुले गरेका छन् । गोर्खाल्याण्डको माग गर्दै गोर्खाल्याण्ड पार्वत्य परिषदका विमल गुरुङले गोर्खाल्याण्ड घोषणा नगरे आत्मदाह गर्ने चेतावनी दिएका हुन् । शनिबार केन्द्रीय गृहमन्त्री राजनाथ सिंहसित कडिकडाउ वार्ता गर्दै उक्त वार्तामा आफूले दिल्लीमा आएर गोर्खालीहरुले सामुहिक आत्मदाह गर्ने चेतावनी दिएको गुरुङले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् ।
गुरुङले गृहमन्त्री सिंहसँग गोर्खालाई न्याय नदिए दिल्लीमा हजारौं गोर्खालीहरुले आत्मदाह गर्ने बताउँदा गृहमन्त्री घोरिएका संचार माध्यमहरुलाई बताए । भारतीय पत्रिका हिमालय दर्पणका अनुसार गुरुङले गोर्खाल्याण्डको आन्दोलनलाई फेरि जिरोबाट सुरु गरेको उल्लेख गर्दै अब गोर्खाल्याण्डमा हस्ताक्षर गरेर मात्रै यसलाई बिसाउने प्रतिवद्धता जनाएका छन् ।
बंगालीले आफूहरुलाई कहिल्यै राम्रो नजरले नहेर्ने र गोर्खाले राम्रो गरेको देखिनसहने भएकाले आफूहरु पश्चिम बंगाल अन्तरगत रहेर बस्न नसक्ने गुरुङले गृहमन्त्री राजनाथलाई बताएका थिए । साझा सवाल बाट ।
-



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.