१७ वर्षको उमेरमै दुई वटा डिग्री, नासामा जागिर खाने यी युवक को हुन् ?

![]() |
७ वर्षको उमेरमा प्रायः मानिसहरुले आफ्नो लक्ष्य र योजना तयार गरिसकेको हुन्नन् । उनीहरु यति बेला पढाई गर्दै, रमाइलो गर्दै समय बिताइरहेका हुन्छन् । तर अमेरिकाका मोसे काई काभालिनले भने कलिलो उमेरमै आफ्ना धेरै सपना साकार पारिसकेका छन् ।
क्यार्लिफोनियाका मोसेसँग दुईवटा डिग्री छ । उनी नासामा काम गर्छन् र उनले पुस्तक पनि निकालिसकेका छन् । उनी पाइलटको लाईसेन्स समेत लिदैँछन् । मोसे आफ्नो जीवन सधैँ कम उमेर हासिल गरेको लोभलाग्दो प्रगतिका कारण चर्चामा रहन्छन् ।
उनले ८ वर्षको उमेरमै इस्ट लस एन्जलस कलेजमा भर्ना भएका थिए । अमेरिकामा उनी कलेज पढ्ने सबैभन्दा कान्छो विद्यार्थी हुन् । उनले ९ वर्षको उमेरमै स्नातक पास गरे । उनले ९ वर्षकै उमेरमा आफ्नो आत्मकथा लेखेका थिए । उनलाई एउटै मात्र कलेज डिग्रीले पुगेको थिएन । त्यसैले १५ वर्षको उमेरमा गणिततर्फ स्नातक गर्न भर्ना भए । उनी तेस्रो डिग्री हासिल गर्नका लागि समेत यसै वर्षबाट तयारी थाल्दैछन् ।
उनले बोस्टनको एक विश्वविद्यालयबाट साइबर सेक्युरिटीमा मास्टर्स डिग्री गर्ने सोच बनाएका छन् । तर उनी केही साता नासामा काम गर्दैछन् । उनी डोन र विमान विकास गर्ने परियोजनामा छन् । यति मात्रै होइन उनले १७ वर्षको उमेरमा आफ्नो अनुभवमा आधारित नयाँ पुस्तक निकालिसकेका छन् । विमान उडाउन सिकिसकेका मोसे यसै वर्षको अन्त्यमा पाइलटको लाईसेन्स लिनेमा छन् । उनी मार्सल आर्टस्का समेत राम्रा खेलाडी हुन् । अहिलेसम्म उनले दर्जनौँ टफी जितिसकेका छन् । शृंखलावद्ध सफलताका बाबजुद उनी आफूलाई जिनियस मान्न भने तयार छैनन् ।
उनी भन्छन्, मेरो केश कुनै दुलर्भ केस होइन । यो सफलता आर्कषण र प्रेरणाको परिणाम मात्रै हो । म अरुसँग तुलना हुनभन्दा आफैँ केही राम्रो गर्न चाहन्छु । मोसेका बाबुआमा उनी सानैदेखी जिज्ञासू स्वभावको रहेको बताउँछन् । मोसेका गणित शिक्षक क्षमताभन्दा पनि उनको मेहिनत गर्ने बानी महत्वपूर्ण रहेको बताउँछन् । भन्छन्, धेरैले सोच्छन् उनीमा यो क्षमता प्राकृतिक रुपमै आयो । तर त्यस्तै होइन अहिलेसम्म मैले पढाएका विद्यार्थीमध्ये उनी सबैभन्दा धेरै मेहिनत गर्ने विद्यार्थी हुन् । रातो पाटि बाट साभार -

0 comments
प्रतिक्रिया दिनुहोस्...