-->
Breaking वीरगन्ज-रक्साैल नाका खुल्यो

वीरगञ्ज–वीरगन्ज नाका शुक्रबार दिउसोदेखि सुचारू भएको छ। मुल नाकाबाट मालवाहक ट्रकहरू भित्रने क्रम सुरू भएको छ। स्थानीय व्यापारी र अान्दोलनकारीले नाका अवरोध हटाएपछि वीरगन्ज नाका सुचारू भएको हो। स्थानीयले नाका अवरोध गर्न राखिएका पाल जलाएका थिए। अान्दोलनरत मधेसी मोर्चाले नाका खुलेको अाैपचारिक घोषणा नगरेपनि अवरोध हटाएपछि नाका सुचारू भएको हो।

स्थानीयले मितेरी पुलमा रहेका पाल र ढाट हटाएका छन्। नाकामा अान्दोलनकारी देखिएका छैनन्। नाकामा सवारी साधनहरू चल्न सुरू गरेका छन्। सुरक्षा व्यवस्था कडा पारिएको छ भने नाकामा एकाएक चहलपहल बढेको छ।

मोर्चाका स्थानीय नेताहरूले केन्द्रमा नाका अवरोध हटाउने निर्णय हुन लागेको भन्दै अब नाका अवरोध नहुने प्रतिकृया दिएका छन्।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.