-->
कोच राजुले २४ बर्ष अघिको कसम पुरा गर्दै ३ स्वर्ण जिताए , के थियो कसम ? ४ फाल्गुन २०७२ केहि अविस्मरणीय तस्बीरहरु सहित

दक्षिण एशियाली खेलकुद (साग) फुटबलमा भारतलाई हराउँदै २३ वर्षपछि स्वर्ण पदक जित्दा नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्य भाग्यमानी प्रशिक्षक सावित भए।
नेपाली टोलीले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जित्दा टोलीका प्रशिक्षक राजुकाजीले भने तीन फरक भूमिकामा फुटबलमा नेपाललाई स्वर्ण पदक जिताउने पहिलो व्यक्ति बनेका छन्।
12717626_1568005090157255_1609275248074924372_n
सन् १९८४ बाट सुरु भएको साग खेलकुदमा नेपालले पहिलो संस्करणमा फुटबलमा पहिलो पटक स्वर्ण जित्दा अहिलेका नेपाली फुटबल टोलीका प्रशिक्षक राजुकाजी शाक्य खेलाडीको भूमिकामा मात्रै थिए।
तर पछि सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साग (तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद) प्रतियोगितामा भने शाक्य नेपाली फु६टबल टोलीका कप्तान भए र उनकै कप्तानीमा नेपाल मैदान उत्रिएको थियो।
Capture
जुन खेलमा शाक्यकै कप्तानीमा नेपालले स्वर्ण पदक हात पार्न सफल भएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्न नसकेको नेपाली टोलीले गत माघमा भएको बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेर अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोडेको थियो।
12744755_1568005200157244_4708679741513331438_n
र यसपटक पनि नेपालले स्वर्ण पदक हात पार्दा दुई पटक नेपाललार्इ यसअघि दुर्इ फरक भूमिकामा (खेलाडी र पछि कप्तान) स्वर्ण पदक जिताइसकेका उनै राजुकाजी शाक्यले प्रशिक्षकको भूमिकामा रहेर नेपाललाई तीन फरक भूमिकामा स्वर्ण पदक हात पार्न सफल भए।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.