बिरगंज नाका खुलेपछि प्रधानमन्त्री र प्रचण्ड ले गरे महतो लाइ फोन, के भयो कुराकानी? विराटनगर- विहारको तीनदिने राजनीतिक भेटघाट सम्पन्न गरी जोगवनी हुँदै आँखा उपचारका लागि विराटनगरमा रहेका सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोसंग शुक्रवार दिउँसो प्रधानमन्त्री केपि…

![]() |
विराटनगर- विहारको तीनदिने राजनीतिक भेटघाट सम्पन्न गरी जोगवनी हुँदै आँखा उपचारका लागि विराटनगरमा रहेका सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोसंग शुक्रवार दिउँसो प्रधानमन्त्री केपि ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दहालले टेलीफोन वर्ता गरेको छ।
तपाईले नाकाबन्दी खुल्ने प्रतिक्रिया दिएको भोलीपल्टै(शुक्रवार) बीरगन्ज नका खुले छ ।’ तपाईलाई धन्यवाद छ, दहालले महतोलाई भने। महतो मुस्कुराए। दहालले फेरी भने,’तपाई छिटो काठमाण्डौं आउनुपर्यो, हामी मिलेर समस्याको समाधान गरौं।’
महतोले जवाफ फर्काए म एउटै सर्तमा कुरा गर्छु त्यो हो हाम्रो माग र मुद्धाप्रती तपाईहरुको ईमान्दार प्रतिवद्धता । सिमांकन हाम्रो प्रमुख मुद्दा हो यसमा तपाईहरुको इमानदार प्रतिवद्धता भए समाधान एकछिनमै सम्भव छ, महतोले दहाललाई जवाफ दिए। दहालले भने,’सिमांकन सच्चाउन हामी तयार छौं, तपाई आउनुस्।’
दहालले फोन गरेको तीन घण्टा नबित्दै प्रधानमन्त्री केपि ओलीले महतोलाई फोन गरे। ओलीले ठट्यौली गर्दै महतोलाई भने बिराटनगर प्यारो लागेको छ तपाईलाई । महतो हास्दै भने,’तपाई झापा, मोरंग र सुनसरी नदिने भन्नुहुन्छ, म यी जिल्ला लिन बसेको हुँ।’
ओलीले भने नाकाबन्दीले तस्करी मौलाएको थियो, जनता पीडित भएका थिए । ओलीले महतोलाई भने,’नाकाबन्दी खोलेर सकारात्मक काम गर्नुभयो, बधाई छ तपाईलाई । तपाई काठमाण्डौं आउनुस ओलीले महतोलाई आग्रह गर्दै भने,’सिमांकन फेरबदलमा हामी सकारात्मक छौं, वसेर सकारात्मक सामाधान गरौं ।’
आन्दोलनको सफल अवतराणको जिम्मा तपाईको छ ओलीले महतोलाई भने,’हामी सबै मिलेर समाधान गर्नुपर्छ। ‘ महतोले ओलीलाई भने,’समाधान वार्ताबाटै हुने हो, मुद्दा प्रती तपाई इमान्दार भईदिनुस सामाधान तुरुन्त हुन्छ ।
महतोले ओलीलाई गरेको अर्को आग्रह थियो,’तपाईको बोलीले धेरै कुरा विग्रेको हो, सम्यमित बन्नुस।’ प्रधानमन्त्री भनेको देशको अभिभावक हो तपाई अभिभावकत्व बोध गरेर बार्तामा आउनुस समाधान अवश्य हुन्छ, महतोले ओलीलाई भने ।



0 comments
प्रतिक्रिया दिनुहोस्...