-->
फेसबुकका प्रयोगकर्ताहरुलाई खुशीको खबर

एजेन्सी : विश्वभर सबैभन्दा धेरै प्रयोगकर्ता रहेको फेसबुकले आफ्नै ब्राउजर ल्याउने भएको छ । सामाजिक सञ्जाल कम्पनी फेसबुकले एक उत्कृष्ट ब्राउजर अहिले परीक्षण गरिरहेको छ । 

 

फेसबुकको नयाँ ब्राउजरमा तपाईंले फेसबुक एक नछोडी सिधै अर्को ब्राउजरमा जाने सुविधा दिनेछ । त्यसका लागि प्रयोगकर्ताले फेसबुक एपलाई बन्द नगरी सिधै दोस्रो पेजमा जानका लागि आफ्नो इनपुट युआरएलमा राख्ने सक्नेछन् । 

 

दनेक्सटवेब डट कमको रिपोर्टका अनुसार एस्थेटिक सिफ्टका अलावा युआरएलको तल एक नयाँ बारले तपाईंलाई कुनै पोस्ट कति लोकप्रिय छ भन्ने पनि बताउनेछ । 

 

यसमा ब्याक र फरवर्ड बटन पनि राखिएको हुनेछ । जसले तपाईंलाई बुकमार्क पृष्ठमा सिधै लिएर जानेछ । यसमा अर्को मेन्यु बटन पनि रहेको छ, जसमा केही अरु फिचर पनि राखिएको छ । 

 

यो ब्राउजरमा अन्य ब्राउजरमा रहेको एक महत्वपूर्ण फिचर सपोर्ट ट्याब भने हुनेछैन। तर नयाँ ब्राउजर लगभग एक पूर्ण एप जस्तै हुनेछ । 

 

रिपोर्टमा बताइए अनुसार एक उत्कृष्ट ब्राउजरसँगै फेसबुक आफैंमा आत्मनिर्भर हुनेछ । फेसबुकको ब्राउजर आएपछि गुगलको क्रोम र फायर फक्सजस्ता अन्य ब्राउजरको पनि आवश्यकता पर्ने छैन । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.