-->
खोकी लाग्छ ? यी हुन सक्छन् मुक्ति पाउने उपाय

नुनपानीले कुल्ला गर्ने
मनतातो पानीमा नुन हालेर घोली गार्गल गर्नाले सुक्खा खोकी घट्दै जान्छ ।

मह खाने
सुक्खा खोकी निरन्तर लागेर हैरान बनाएको बेलामा मह खाने गर्नाले सञ्चो हुन्छ । महले घाँटीलाई सुक्खा हुन दिँदैन र सुक्खा खोकी लाग्ने क्रमलाई कम गरिदिन्छ ।

अदुवा हालेको चिया खाने
सुक्खा खोकी लागेको बेला अदुवा मिसाएको चिया खाने गर्नाले आराम मिल्छ ।

अग्लो सिरानी हाल्ने
सुक्खा खोकी लागेको बेला अग्लो सिरानी हालेर सुत्ने गर्नुपर्छ । यसो गर्दा खोकी कम हुन्छ ।

भिक्स लगाउने
सुक्खा खोकी लागेको छ भने बेला–बेलामा नाक, घाँटी र छातीमा भिक्स लगाउने गर्नाले खोकी केही हदसम्म रोकिन्छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.