-->
मोबाइलबाट इन्टरनेट चलाउँदा धेरै पैसा काटियो ? अब यसो गर्नुहोस्


के तपाईले मोबाइलबाट इन्टनेट चलाउँदा धेरै पैसा काटेको अनुभव गर्नु भएको छ
। कतिपयले धेरै पैसा काटेको भन्दै मोबाइल सेवा प्रदायकहरुप्रति नकारात्मक
धारणा समेत राख्न्ने गरेको पाइएको छ । तर, कतिपय अवस्थामा तपाईको
गल्तीले गर्दा पनि धेरै पैसा काटिरहेको हुन सक्छ ।mobile-
internet-hero
यदी तपाईले स्मार्ट फोन प्रयोग गर्नु हुन्छ भने तपाईको
मोबाइलमा रहेका विभिन्न एप्लिकेशन स्वत रुपमा अपडेट हुने हुँदा डेटा
प्रयोग भइरहेको हुन सक्छ । अथवा इन्टनेट सुचारु हुँदा तपाईले इन्टरनेट
प्रयोग नगरेपनि डेटा ट्रान्सफर भइरहेको हुन सक्छ । जसलाई ब्याक फम
डेटा भनिन्छ । र, सो डेटा प्रयोग भएअनुसारको शुल्क ब्यालेन्सबाट काटिएको
हुन्छ । यस प्रक्रियालाई रोकि अतिरिक्त शुल्क लाग्नबाट जोगिन
यी तरिका अपनाउन सकिन्छ ।
तपाईको फोनको शुल्कमार्फत विभिन्न एप्लिकेशनहरु स्वत अपडेट हुन
नदिनका लागि एप्लिकेशन सेटिङमा गई अटोमेटिक अपडेट अफ गर्नुपर्छ । वा
डेटा प्रयोग नगरेको बेला डेटा सेटिङबाट डेटा अफ मोडमा राख्न सकिन्छ । यसो
गरेको खण्डमा जति डेटा प्रयोग गरिन्छ सोहि अनुसारको शुल्क लाग्दछ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.