-->
राष्ट्रिय अनुसन्धान बिभागमा जागिरको अवसर

 
काठमाडौं : राष्ट्रिय अनुसन्धान बिभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा ७५ जना कर्मचारी माग गरेको छ।

सोमबार सूचना प्रकाशित गरी बिभागले अनुसन्धान अधिकृतमा २७ र अनुसन्धान सहायकमा ४८ जना माग गरेको हो।  अधिकृतमा खुलातर्फ १५ जना र समावेशीतर्फ १२ माग गरिएको छ भने सहायकमा खुलातर्फ २६ र समावेशीतर्फ २२ जना माग गरिएको छ।

अनुसन्धान अधिकृतमा स्नातक उतीर्णले दरखास्त दिन सक्नेछन् भने सहायकका लागि प्रविणता प्रमाणपत्र तह उतीर्णले  दरखास्त दिन सक्नेछन्।

त्यस्तै अधिकृत तहमा २१ वर्षदेखि २५ वर्षसम्मका र सहायक पदमा १८ देखि २५ वर्षसम्मकाले दरखास्त दिन पाउनेछन्। महिलाहरु भने ३० वर्षसम्मकाले पाउनेछन्। इच्छुक नेपाली नागरिकले अनुसन्धान अधिकृतका लागि १ हजार रुपैयाँ र सहायकका लागि ३ सय रुपैयाँ तिरेर फागुनको १८ गतेसम्म दरखास्त दिन सक्नेछन्।

दरखास्त राष्ट्रिय अनुसन्धान बिभागको ५ वटा क्षेत्रीय कार्यालय र सिहदरबारमा रहेको कार्यालयमा बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ। बिभागले लिखित परीक्षा र अन्तर्वार्ताबाट कर्मचारी छनोट गर्नेछ।  

-



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.