-->
जनकपुरमा विद्या भण्डारीको विरोध हुनुको कारणबारे भारतीय मिडियाको अपत्यारिलो खुलासा यस्तो रहेछ भित्री कारण? नेपालीलाई थाहै नभएको कुरा विद्याको पति नभएको भन्दै के लेखियो पढ्नुस्

राष्ट्रपति विद्या भण्डारी जनकपुरधाम स्थित रामजानकी मन्दिर गएको समयमा विरोध हुनुको कारण राष्ट्रपतिको ब्यक्तिगत वा संस्थागत विरोध नभएर अर्कै कारण रहेको खुलासा भारतीय पत्रिका‘हिन्दुस्तान’ ले गरेको छ ।
हिन्दुस्तान पत्रिकाको शुक्रबार अंकमा नेपालको जनकपुरमा राष्ट्रपतिको विद्या भण्डारीको प्रवेशपछि गंगाजल छर्केर चोख्याइएको दावी समेत गरिएको छ ।
विद्या भण्डारी विधवा भएको र उक्त मन्दिमा विधवा महिलालाई पुजा गर्न नदिइने गरेको भन्दै उक्त पत्रिकामा लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला नेता सरोज यादवको भनाइ उद्धृत गरिएको छ ।
राष्ट्रपति विधवा भएपनि मन्दिरमा पसेर हिन्दुहरुको भावनामाथि खेलवाड गरेको समेत उक्त समाचारमा दावी गरिएको छ । राष्ट्रपति फर्किएपछि मन्दिरमा गंगाजल छर्केर पखालिएको भन्दै पत्रिकाले तस्विर समेत प्रकाशित गरेको छ ।
विवाह पञ्चपमीको अवसरमा गत बुधबार राष्ट्रपति विद्या भण्डारी जानकी मन्दिर दर्शनका लागि जनकपुर पुगेकी थिइन । राष्ट्रपति जानकी मन्दिरमा गएको विरोधमा आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले उग्र प्रदर्शन गरेपछि झडप समेत भएको थियो । राष्ट्रपति भण्डारीले मन्दिरको परिक्रमा गरिरहँदा पेट्रोल बम प्रहार भएको थियो यद्यपी राष्ट्रपतिको कारगेडमाथि कुनै असर परेन ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.