-->
के भनिन् मधेसी मोर्चाका शीर्ष नेतालाई भेट्दा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले?

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता असफल भएको भोलिपल्टै नयाँ दिल्लीतर्फ लागेका आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुले आइतबार साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेका छन्। 

 भारतको विदेश मन्त्रालयका प्रवक्ताले फोटोसहित ट्विट गर्दै भेटबारे जानकारी दिएका छन्। 

प्रवक्ता विकास स्वरुपका अनुसार भेटका क्रममा विदेशमन्त्री स्वराजले समावेशी नेपालका लागि आफूहरुको समर्थन दोहोर्‍याएकी छिन्। उनले संविधानलाई धेरैले अपनत्वबोध गर्नसक्ने बनाउनु पर्ने भन्दै शीघ्र राजनीतिक समाधान र त्यसका आधारमा स्थिति सामान्यतर्फ फर्कनु पर्ने बताएकी छिन्।  

भेटमा स्वराजसँगै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावनाका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव थिए। 

शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा सत्तारुढ दल र प्रतिपक्षी दलहरुबीचको संयुक्त वार्ता प्रमुख दलहरुले तयार पारेको साझा अवधारणालाई आन्दोलनरत मोर्चाले अस्वीकार गरेपछि विफल भएको थियो। 

शुक्रबारको बैठकमा प्रमुख दलहरु नेपाली कांग्रेसको सरकारको पालामा दर्ता भएको संविधान संशोधन विधेयक अघि बढाउने, सीमाङ्कनका विषयमा राजनीतिक समिति गठन गरी तीन महिनाभित्र टुङ्ग्याउने र आन्दोलनकारी मोर्चाले आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्ने तीन बुँदे साझा प्रस्तावमा सहमत भएका थिए। 

उपप्रधानमन्त्री तथा विदेशमन्त्री कमल थापा गएको साता भारत गई भारतीय विदेशमन्त्री स्वराजलाई भेटेर फर्केका थिए। औपचारिक रुपमा कुनै जानकारी सार्वजनिक नगरिए पनि त्यहाँ केही सहमति भएको हुनसक्ने अनुमान राजनीतिक वृत्तमा छ। शुक्रबारको बैठकअघि भारतीय राजदूतावासमा बोलाई राजदूतले मोर्चाका नेतालाई त्यसबारे कन्भिन्स गराउन खोजे पनि नसकेपछि मोर्चाका नेताहरु भारत पुगेका हुन्।

मोर्चाका नेताहरु भारतबाट फर्किएपछि मात्रै सरकारसँग वार्ता हुने भएको छ



,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.