बालुवाटार बैठक सकियो, मधेसी मोर्चाका नेता आएनन्, चार दलले गरे यस्तो निर्णय ::

![]() |
काठमाडौँ : आन्दोलनरत मधेसी मोर्चाका दोस्रो तहका नेता पनि अनुपस्थित भएपछि आजको बालुवाटार बैठक पनि निर्णायक हुन सकेन। यद्यपि आज प्रमुख चार दल संविधान संशोधन गर्ने विषयमा एकमत भए।
मोर्चासहित सत्तापक्ष र प्रतिपक्षबीच साँझ ५ बजेदेखि वार्ता हुने घोषणा प्रधानमन्त्री केपी ओलीले बिहानै ट्विटरबाट गरेका थिए। मोर्चाका शीर्ष नेताहरुले उपस्थित नहुने बताए पनि दोस्रो तहका नेताका साथ वार्ता हुने अपेक्षा गरिएको थियो।
तर मोर्चाका दोस्रो तहका नेताले पनि वार्तामा आउन नसक्ने बताएपछि साँझ ७ बज्नुअगावै प्रमुख दलका शीर्ष नेता बालुवाटारबाट बाहिरिए।
प्रमुख तीन दलका शीर्ष नेताहरुलाई भर्खरै भारत भ्रमणबाट फर्किएका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले भारतीय नेतासँग भएको कुराकानीबारे ब्रिफ गरेका थिए।
बालुवाटारबाट बाहिरिने क्रममा एमाले नेता माधवकुमार नेपालले अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक जस्ताको तस्तै अघि बढाउने र सीमाङ्कनको विषयमा राजनीतिक संयन्त्र बनाई टुङ्ग्याउने सहमति तीन दलले गरेको जानकारी दिए।
त्यस्तै कांग्रेस नेता शेरबहादुर देउवाले समानुपातिक, समावेशी र जनसंख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा नेपाली कांग्रेसको सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक संसदबाट अघि बढाउने निर्णय भएको बताए।
सीमाङ्कनको विषयमा दलीय संयन्त्र बनाएर ३ महिनाभित्र टुङ्ग्याउने गरी काम थाल्ने निर्णय भएको छ, देउवाले भने।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बिहीबार भारतको माथिल्लो सदन राज्यसभामा नेपाल संकटबारे जानकारी दिने क्रममा वर्तमान सरकारले सुशील कोइराला सरकारले पारित गरेको संविधान संशोधन प्रस्ताव वर्तमान सरकारले अघि नबढाएको भन्दै चासो व्यक्त गरेकी थिइन्।
मोर्चासहित सत्तापक्ष र प्रतिपक्षबीच साँझ ५ बजेदेखि वार्ता हुने घोषणा प्रधानमन्त्री केपी ओलीले बिहानै ट्विटरबाट गरेका थिए। मोर्चाका शीर्ष नेताहरुले उपस्थित नहुने बताए पनि दोस्रो तहका नेताका साथ वार्ता हुने अपेक्षा गरिएको थियो।
तर मोर्चाका दोस्रो तहका नेताले पनि वार्तामा आउन नसक्ने बताएपछि साँझ ७ बज्नुअगावै प्रमुख दलका शीर्ष नेता बालुवाटारबाट बाहिरिए।
प्रमुख तीन दलका शीर्ष नेताहरुलाई भर्खरै भारत भ्रमणबाट फर्किएका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले भारतीय नेतासँग भएको कुराकानीबारे ब्रिफ गरेका थिए।
के निर्णय गरे प्रमुख चार दलले?
आन्दोलनरत मोर्चासँग वार्ता नभए पनि मोर्चाकै माग अनुसार प्रमुख चार दल केही विषयमा साझा धारणा बनाउन भने सफल भएका छन्। यसअघि तीन दलले साझा धारणा नबनाएको भन्दै मोर्चाका नेता महन्थ ठाकुरले आलोचना गरेका थिए।बालुवाटारबाट बाहिरिने क्रममा एमाले नेता माधवकुमार नेपालले अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक जस्ताको तस्तै अघि बढाउने र सीमाङ्कनको विषयमा राजनीतिक संयन्त्र बनाई टुङ्ग्याउने सहमति तीन दलले गरेको जानकारी दिए।
त्यस्तै कांग्रेस नेता शेरबहादुर देउवाले समानुपातिक, समावेशी र जनसंख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा नेपाली कांग्रेसको सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक संसदबाट अघि बढाउने निर्णय भएको बताए।
सीमाङ्कनको विषयमा दलीय संयन्त्र बनाएर ३ महिनाभित्र टुङ्ग्याउने गरी काम थाल्ने निर्णय भएको छ, देउवाले भने।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बिहीबार भारतको माथिल्लो सदन राज्यसभामा नेपाल संकटबारे जानकारी दिने क्रममा वर्तमान सरकारले सुशील कोइराला सरकारले पारित गरेको संविधान संशोधन प्रस्ताव वर्तमान सरकारले अघि नबढाएको भन्दै चासो व्यक्त गरेकी थिइन्।
0 comments
प्रतिक्रिया दिनुहोस्...