राशिफल - वि.सं. २०७२ साल मंसिर २० गते। अाईतबार ।

![]() |
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रारम्भमा साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। लगनशीलताले नयाँ कामको अवसरसमेत दिलाउन सक्छ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। सोमबारदेखि केही चुनौतीहरू देखा पर्नेछन्। अरूको मात्र भर पर्दा महत्वाकांक्षा पूरा नहुन सक्छ। पारिवारिक असमझदारीले केही समस्या निम्त्याउन सक्छ। पठनपाठनमा त्यति समय दिन नसकिए पनि उपलब्धि राम्रै प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरूले दुःख दिन सक्छन्। आश्वासन बाँड्नेहरू प्रशस्त भेटिए पनि गोपनीयतामा ध्यान दिनुहोला। आर्थिक पक्ष सबल बन्नेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
सुरुमा बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। चिनजानले अवसर दिलाउनेछ। मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायमा राम्रै फाइदा हुनेछ। बुधबारपछि परिवारजनमा असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। पठनपाठनमा समय दिन नसकिएला। व्यापारमा पनि लाभांश गुम्ने ग्रहयोग देखिन्छ। अवसरवादीहरूले सताउन सक्छन्। अरूको भरपर्दा विश्वास गुम्न सक्छ। बुद्धिको उपयोगले काम बनाउन सकिनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
रचनात्मक कामले धेरैलाई आकर्षित गर्न सकिनेछ। भेटघाटको अवसरले उपहार समेत दिलाउन सक्छ। मेहनतले अध्ययन एवं काममा उत्साह जगाउनेछ। सोमबार र मंगलबार बोलीको कारणले विवादमा परिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। परिबन्धले खर्च बढाउन सक्छ। बुधबारदेखि स्थिति अनुकूल बन्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। रोकिएका काम पनि बन्नेछन्। सप्ताहान्तमा आश्वासन दिएर झुक्याउनेहरूले सताउलान्। समस्या पर्दा अरूकै स्वार्थमा उपयोग भइने सम्भावना छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रारम्भमा खर्च बढ्नुका साथै अर्थ संकट देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ। काम बिग्रने भयले सताउन सक्छ। उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुनेछ। बुधबारदेखि शुभचिन्तकहरूले साथ दिनेछन्। सहयोगीरू जुट्नेछन् र आँटेको काम पनि सम्पन्न हुनेछ। शक्तिशाली व्यक्तिहरूसँग निकटता बढ्नेछ। मौसमी व्यवसाय फस्टाउनुका साथै प्रशस्त फाइदा हुनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
उठ्नुपर्ने रकम समयमा हातलागी नहुन सक्छ। अर्थ अभावले केही काम स्थगित हुने सम्भावना छ। नियमित काम बिग्रने भयले सताउन सक्छ। मेहनत गर्दा अवसर भने पाइनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका शुभचिन्तकहरूले साथ दिनेछन्। सहयोगको याचना गर्दा समयमात्र व्यतीत हुनेछ। आफ्नै प्रयत्नले बिस्तारै काम बन्नेछन्। अप्ठ्यारो समयमा गरिएको प्रयत्नले नतिजा राम्रो निस्कनेछ भने औंलो ठड्याउनेहरूलाई पनि जवाफ दिन सकिनेछ। वादविवादबाट टाढै रहनुहोला, लगनशीलताले फाइदा उठाउन सकिनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। विशेष दायित्व वहन गर्दै यात्रा गर्ने अवसर जुट्न सक्छ। दिगो आम्दानी हुने काम सुरुवात हुनुका साथै नोकरी प्राप्त हुने सम्भावना छ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। बुधबारदेखि खर्च बढ्नुका साथै स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्छ। आफ्नो क्षेत्रमा अरूको प्रभाव बढ्न सक्छ। नाम चलेका व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। अप्ठ्यारो स्थितिमा पनि राम्रो नतिजा निस्कनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रारम्भमा इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा अभिरुचि जाग्नेछ। सोमबारदेखि सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। अप्ठ्यारा चुनौतीहरूलाई समेत पन्छाउन सकिनेछ। राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्नेछ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। अरूको मन जितेर अवसर हात पार्न सकिनेछ। दिगो आम्दानीको स्रोत फेला पार्न सकिनेछ। सप्ताहान्तमा भने अस्वस्थता, हानि र चोटपटकको योग छ, सचेत रहनुहोला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रारम्भमा केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि धेरैको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ। कामको बोझ र जिम्मेवारी भने थपिएला। अरूका काममा पनि समय खर्चनुपर्नेछ। बेसुरमा वचन दिने बानीले समस्या उत्पन्न गर्न सक्छ। तर अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ। मेहनतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। बुधबारदेखि मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको बन्धन समेत कसिने योग छ। सामाजिक प्रतिष्ठा मिल्नेछ। कीर्तिमानी काम गर्ने अवसर जुट्नुका साथै आम्दानी समेत बढ्नेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रियजनसँगको भेटघाटले साताको सुरुवात रमाइलो रहनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान पाइने समय छ। सोमबार र मंगलबार परिस्थिति अलि प्रतिकूल रहन सक्छ। अस्वस्थता र व्यावहारिक झमेलामा अलमलिनुपर्ने देखिन्छ। आम्दानी भए पनि आँटेको काम स्थगित हुन सक्छ। विविध समस्यामा अल्झनुपर्दा अवसर गुम्न सक्छन्। बुधबारदेखि स्थितिमा सुधार आउनेछ। सहयोगीहरू जुट्नाले रोकिएका काम बन्न थाल्नेछन्। प्रतिष्ठा बढ्ने काम सम्पादन गर्दै फाइदा हुने कामको जिम्मेवारी हात पार्न सकिनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विभिन्न अवसर हात पार्न सकिनेछ। पुरुषार्थी कामले कीर्ति राख्ने अवसर दिलाउन सक्छ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिने सम्भावना छ। बुधबारदेखि झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ। यात्रा खर्चिलो र कष्टपूर्ण हुने सम्भावना छ। तापनि, अप्ठ्यारो परिस्थितिमा गरिएको प्रयत्नले फाइदा दिलाउनेछ। बुद्धिले समस्या सुल्झाउन सकिनेछ। दोष देखाउनेहरूले प्रशंसा गर्न थाल्नेछन्।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रारम्भमा बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। व्यवसायको सन्दर्भमा खर्चको मात्रा बढ्न सक्छ। ठूलो फाइदा उठाउन नसकिए पनि व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मित्रहरूको सञ्जाल फराकिलो भए पनि प्रेमको नाटक गर्नेहरूले सताउन सक्छन्। साताको अन्त्यमा काममा केही चुनौती देखा पर्नेछन्। विवाद तथा खर्चसमेत बढ्ने योग देखिन्छ, सजग रहनुहोला।\
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रारम्भमा समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइनेछ। बेसुरमा वचन दिने बानीले समस्या उत्पन्न गर्न सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। तापनि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यापार–व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। गुरुजनको साथ मिल्नुका साथै पढाइलेखाइमा प्रगति हुनेछ। नयाँ काम सुरु गर्न सकिनेछ। प्रतिस्पर्धीहरूलाई उछिन्नुका साथै आम्दानीको दिगो स्रोत हात पार्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। बाध्यतासँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ।

0 comments
प्रतिक्रिया दिनुहोस्...