अाउनुहोस्, १ लाख जित्नुहोस्

![]() |
सांगीतिक प्रेम कथामा तयार भएको चलचित्र ‘प्रेमगीत’को कभर गीत गाउनेलाई नगद १ लाख पुरस्कार दिने निर्माणपक्षले घोषणा गरेको छ ।
आज काठमाण्डौमा आयोजित चलचित्रको शिर्ष गीतको भिडियो सार्वजनिक कार्यक्रममा कभर गीत गाउने मध्येका उत्कृष्टलाई नगद १ लाख पुरस्करा दिने घोषणा गरिएको हो । यसलाई गायक तथा गायिका खोजीको नयाँ प्रयोगको रुपमा मात्र हेरिएको छैन चलचित्र प्रचारको राम्रो माध्यम पनि मानिएको छ ।
२७ नोभेम्बरदेखि २६ डिसेम्बरसम्म सहभागीले अञ्जु पन्त र सुगम पोख्रेलले गाएको ‘म यस्तो गीत गाउछु, जुन प्रेमगीत बनोस्’ बोलको गीतलाई आफ्नै स्वरमा गाएर भिडियो पठाउनुपर्नेछ । डिसेम्बरदेखि जनवरी १ सम्म प्रतिस्पर्धामा आएका मध्येबाट उत्कृष्ट भिडियोहरुलाई युटुबमा राखिने निर्माणपक्षले जनाएको छ ।
फ्रेबुअरी १० मा सहभागी मध्येबाट उत्कृष्ट १० को घोषणा गरिनेछ भने मुल्यांकनकर्ता र दर्शकले युटुबमा हेरेको आधारमा फ्रेबुअरी १ मा उत्कृष्टको घोषणा गरिनेछ ।
उत्कृष्ट १० मा पर्ने सबैलाई एक थान मोबाइल सेट पुरस्कार दिइनेछ भने उत्कृष्ट २० मा पर्न सफल सहभागीमध्ये वैदेशिक शिक्षामा जान चाहनेलाई उचित छुटको व्यवस्था गरिने बताइएको छ ।
सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा अर्जुन पोख्रेलको संगीत छ । चलचित्रका सबै अडियो गीतहरु अहिले बजारमा लोकप्रिय बनिरहेका छन् । पूजा शर्मा र प्रदिप खड्काले अभिनय गरेको यो चलचित्र माघ २९ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा सरोज खनाल, रुपा राना, राजाराम पौडेलको पनि अभिनय छ । कार्यक्रममा बोल्दै निर्माता सन्तोष सेनले एउटा उत्कृष्ट चलचित्र बनाउन पाउँदा खुशी लागेको बताए ।

नायक सरोज खनालले निर्देशक थापाको प्रशंसा गर्दै उनीसँग काम गर्दा नयाँ अनुभव भएको बताए । नायिका पूजा शर्माले चलचित्रमा काम गर्दा आफू डेब्यू नायिका हो कि जस्तो भान भएको बताइन् ।
नायक प्रदिप खड्काले चलचित्र भित्र समावेश बिषयवस्तु र आफ्नो भूमिकाले उत्साहित रहेको बताए । गायक सुगम पोख्रेल र गायिका अञ्जु पन्तले चलचित्रको शिर्ष गीतको टुक्रा गाएका थिए । उत्कृष्ट गीत सिर्जना गरेका संगीतकार अर्जुन पोख्रेल यो चलचित्रको मुख्य हिरो देखिएका छन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...