-->
मोटोपन घटाउन उपाएहरु -

दुब्लो मानिसलाइ सँधै मोटाउने रहर हुन्छ तर, मोटो मानिसलाई भने बरु दुब्लाउन पाए हुन्थ्यो भन्ने लागिरहेको हुन्छ। वास्तवमा यो नै आम मानिसको नियती बनिरहेको छ। मोटोपन एउटा यस्तो बिरामी हो जसले साथमा अन्य कयौं बिरामीहरु बोकेर आउँछ। यसर्थ मोटोपनलाई रोगको भारी पनि भन्ने गरिएको छ। यदि यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने मान्छे बिभीन्न रोगको शिकार हुँदै क्रमश मृत्युको मुखमा धकेलीरहेको हुन्छ।

कामको व्यस्तताको कारण मानिसहरु नियमितरुपमा शारीरिक अभ्यास पनि गर्न भ्याउँदैनन। यदि तपाई पनि मोटोपनको शिकार हुनुहुन्छ भने यि कुराहरुलाई ध्यानपूर्वक विचार गर्नुहोस्। यदि तपाई राती सुत्नुभन्दा अगाडि यि पाँच उपायहरु अपनाउनुहुन्छ भने तपाईले मोटोपनलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ।

सुत्नुभन्दा अघि खुर्सानीको सेवन गर्नुहोस : खुर्सानीले बोसो घटाउने काममा धेरै नै प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ। यसकारण सुत्नुभन्दा अगाडिको खानासँगै खुर्सानी खानुपर्छ।

सुत्नुभन्दा अगाडि चिया पिउनुहोस :
 राती सुत्नुभन्दा अगाडि ग्रीन चिया पिउनाले पनि शरीरको मेटाबोलिज्म बढ्छ। यसले रातभरी तपाईंको तौल घटाउने काम गर्छ।

सुत्नुभन्दा अगाडि तनावमुक्त हुनुहोस् : आनन्द महसुस गर्नसक्ने वातावरण बनाउनुहोस्। राम्रा राम्रा र सकरात्मक सन्देश दिने गीत सुन्नुहोस्। नुहाउनुहोस्। यसले तपाईलाई राम्रो निद्रा पार्न सहयोग गर्छ।

रातीको खाना सात बजेसम्म खाइसक्नुहोस् :
 ढिलो खाना खाने र भोजनलगत्तै सुतिहाल्ने गर्दा तपाईंको मेटाबोलिज्ममा प्रभाव पर्दछ। जसले तौल बढ्न सक्छ।

खाना अगाडि सूप खानुहोस :
 बिहानरबेलुकीको मुख्य खानाको सुरूआत सूपबाट गर्नु उत्तम हुन्छ। 



,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.