भारतीय राजदूतले दिए यस्तो चेतावनी (भिडियो)

![]() |
काठमाडौ: नेपालका लागि भारतीय राजदूत रञ्जित रेले संबिधान संसोधनमार्फत् यथाशिघ्र मधेश आन्दोलन संबोधन गर्न दलहरुलाई सुझाव दिंदै यदी त्यसो नभए अवाञ्छित तत्वहरुले फाइदा उठाउने खतरा रहेको बताएका छन् ।
भारतले लगाएको नाकाबन्दीका सन्दर्भमा एक शब्द पनि उच्चारण नगरेका राजदूत रेले नेपाल सरकार र दलहरुले चाहे अहिलेको समस्या हल गर्न मद्दत गर्न भारत तयार रहेको बताए ।
‘संबिधान संसोधनमार्फत् नेपालका मुख्य दलहरु र मधेशवादी शक्तिले सहमति र लचकताको आधारमा यथाशिघ्र निकास दिनुपर्छ । हामीलाई लाग्छ संबिधानमा असन्तुष्ठ भएकाहरुको भावना समेट्न संबिधान संसोधन नै एकमात्र विकल्प हो ।
जति ढिला हुन्छ अहिलेको समस्या त्यति जटिल हुन्छ’ नेपाल—भारत मैत्री समाजले मंगलबार राजधानीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा राजदूत रेले भने । उनले संबिधान संसोधन बाहेक अरु विकल्प के हो भनि दलहरुलाई प्रश्न पनि गरे । संबिधान संसोधन बाहेकका अन्य विकल्प कसैलाई पनि मान्य नहुने राजदूत रेको भनाई थियो ।
राजदूत रेले मधेश आन्दोलनमा ब्यापक जनसहभागिता रहेको पनि बताए । ‘हामीलाई यहाँका मित्रहरुले भनिरहनुभएको छ कि मधेश आन्दोलनमा ब्यापक रुपमा मानिसहरु सहभागि भएका छन् । विगतमा मानिसहरु यति धेरै सहभागि भएका थिएनन्’ उनले भने ।
भारतीय राजदूतले भारतका लागि नेपालमा मुख्य रणनीतिक चासो नेपालको शान्ति र स्थिरता रहेको बताए । ‘अखबारमा तपाईंहरु अनेक किसिमका अडकलबाजी पढ्न पाउनुहुन्छ । भारत यो चाहन्छ यो चाहन्छ भनेर लेखिएको हुन्छ । तर नेपालमा शान्ति र स्थिरता भएन भने नेपालको लागि राम्रो हुंदैन । भारतमा पनि त्यसको असर पर्छ ।’
नेपालमा नयाँ संबिधानको स्वागत तथा समर्थन नगरेको भन्ने भारतको आलोचनाप्रति राजदूत रेले ६०, ७० सालपछि नेपालमा संबिधान सबै क्षेत्रका जनताको अपेक्षा अनुशार नआएको बताए ।
निर्वाचित जनप्रतिनिधीले संबिधान बनाए पनि त्यसमा सबै पक्षका जनताको भावना समेटिने भारतको अपेक्षा रहेको उनले बताए । ‘नेपालका सबै समुदायले हाम्रो संबिधान हो भन्नेछन् भन्ने भारतले चाहेको थियो ।
यस खालको देशको आधारभूत दस्तावेजमा देशका सबै पक्ष त्यसको अंग बन्न सक्नुपथ्र्यो । यसमा कुनै संख्याको मात्र प्रश्न होइन । हामीले संबिधान जारी गर्दा प्रजातान्त्रिक प्रक्रियाको पालना भएन भनेको छैनौं’ राजदूत रेले भने ।
उनले नेपालको एउटा भूभाग पुरै तनावमा रहेकाले चांडो समाधान खोज्नुपर्ने बताए । ‘मधेश नेपालको बाहिरी दुनियांको लागि गेटवे हो । त्यसले नेपाललाई मात्रै होइन भारतलाई पनि असर गर्छ । समस्या धेरै गम्भीर छ’ उनले भने । उनले नेपालको मधेश समस्या चांडै समाधान हुने आशा ब्यक्त गरे ।
‘जहाँसम्म भारतको सवाल छ भारत सरकार यहाँको सरकारलाई सहयोग गर्न तयार छ’ उनले भने ‘औषधि लगायत अत्यावश्यक बस्तुहरु बिशेष ब्यबस्था गरेर ल्याउन काम भइरहेको छ ।’
कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले मधेशको समस्या समाधानमा नेपालका दलहरु जिम्मेवार हुनुपर्ने बताए । ‘भारतको मध्यस्थतामा मधेश समस्या हल हुनसक्छ । त्यसको विकल्प छैन’ उनले भने । उनले मधेश आन्दोलन उकास्न भारतको कुनै हात नरहेको बताए । नेपालको स्वाभिमानमाथि सम्झौता भारतसंग गर्नुपर्छ भन्न चाहीं आफूले नखोजेको उनको दाबी थियो ।
नेपालका सबै प्रजातान्त्रिक आन्दोलनमा भारतको समर्थन र सहयोग रहेको प्रसंग सुनाउंदै ढुंगानाले भने ‘२०४६ सालको आन्दोलन टुंग्याउन पनि भारतबाट चन्द्रशेखरजी काठमाडौ आएर चाक्सिबारीस्थित गणेशमानजीकहाँ बसेर सक्रिय भूमिका खेल्नुभएकै हो ।’ पूर्वसभामुख ढुगानाले मधेश आन्दोलन नेपालीहरुमात्रको आन्दोलन भएको बताए । उनले मधेशमा सेना परिचालन गरेर समस्या समाधान नहुने तर्क गरे ।
भारतका लागि पूर्वराजदूत लोकराज बरालले नेपालका दलले आफ्नो समस्या समाधान आफंै समाधान गर्नुपर्ने बताए । भारतीय राजदूत रेकै भनाईमा समर्थन जनाउंदै उनले जति समय लम्बिन्छ उती आन्दोलन जटिल हुने बताए । ‘अहिले भारतले नाका खोलिदियो भने पनि मधेश समस्या हामीले समाधान गर्नुपर्छ’ उनले भने ‘चर्का उग्र राष्ट्रवादी कुरा गरेर हुंदैन ।
वास्तविक धरातलमा उभिएर हामीले मधेश समस्या समाधान गर्नुपर्छ ।’ उनले अहिको नाकाबन्दीका कारण साधान जनतामा डिप्रेसन उत्पन्न भएको बताए । उनले घरको आन्तरिक समस्या मिलाए नेपालको अन्र्तराष्ट्रिय संबन्ध यत्तिकै बलियो हुने बताए ।
संघीयता भन्ने बिषयलाई गलत रुपमा ब्याख्या भएको बताए । ‘मधेशमा यति प्रान्त दिइयो भने देश टुक्रिन्छ भनिएको छ । त्यो गलत हो’ उनले भने । नाकाबन्दीलाई अन्र्तराष्ट्रिय करण गर्ने बिषय जायज नभएको उनले बताए । उनले कांग्रेसले एमाले र एमाओवादी सहभागि रहेको अहिलेको सरकारलाई मधेश आन्दोलन समाधान गर्न सघाउनुपर्ने पनि बताए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...