काठमाडौँ, २५ चैत । चन्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदा चैत २६ गते शुक्रबारदेखि सौम्य नामको नयाँ संवत्सर सुरु हुँदैछ ।
सौम्य नामक संवत्सर सुरु भएपछि पृथ्वीवासीलाई राम्रो फल मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
गत वर्ष चैत्र शुक्ल प्रतिपदादेखि बिहीबारसम्म कीलक नामको संवत्सर परेकाले नेपाललगायत पृथ्वीका विभिन्न भागमा नराम्रो फल मिलेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
“‘चैत्र शुक्ल प्रतिपदा वत्सरारम्भ’ भनी शास्त्रमा लेखिएको छ, ६० वटा संवत्सर प्रत्येक वर्ष बदलिरहन्छन्, नव वर्षको शुभारम्भका दिन स्नान गरी तेल लगाएर निमको पात सेवन गर्नाले वर्षभर आरोग्यता प्राप्त हुने विश्वास छ”– उहाँले भन्नुभयो ।
विसं २०७२ को अन्तसम्म कीलक नामको संवत्सर परेकाले नेपालमा भूकम्प, भारतको अघोषित नाकाबन्दी, बाढीपहिरोजस्ता नकारात्मक घटना भएकाले सौम्य नामको संवत्सर सुरु भएपछि राम्रो फल प्राप्त हुने समितिको भनाइ छ ।
वैदिक शास्त्रीय ग्रन्थमा संवत्सरको फल उल्लेख गर्दा कीलकको नकारात्मक र सौम्यको सकारात्मक फल बताइएको छ ।
चैत्र शुक्ल प्रतिपदादेखि चैत्र कृष्ण औँसीसम्म गरिने धार्मिक कर्ममा सङ्कल्प गर्दा यस वर्ष सौम्य नामको संवत्सर उच्चारण गरिन्छ । संवत्सर परिवर्तन हुने चैत्र शुक्ल प्रतिपदाका दिन शक संवत्सर पनि परिवर्तन हुन्छ । जसअनुसार शुक्रबारबाट शक संवत् १९३८ लाग्नेछ । जसलाई समितिले स्वीकृति दिएका पञ्चाङ्गमा श्रीशाके भनी लेखिएको हुन्छ ।
चैत्र शुक्ल प्रतिपदाका दिन जे बार पर्छ विसंको नयाँ वर्षभर ग्रहगोचरीय मन्त्रिपरिषद्अनुसार त्यही राजा हुने शास्त्रीय व्यवस्था रहेको पनि अध्यक्ष प्राडा गौतमले बताउनुभयो ।
“यसैअनुसार नववर्ष विसं २०७३ को राजा शुक्र भएको हो, वैशाख १ गते जे बार पर्छ वर्षभर त्यही मन्त्री हुने विधानअनुसार २०७३ सालमा बुध मन्त्री भएको हो, यसलाई पात्रोमा राजा शुक्र र मन्त्री बुध भनी लेखिएको छ”– उहाँले भन्नुभयो ।
नववर्ष विसं २०७३ मा शुक्र र बुधको संयोग परेकाले पनि राम्रो फल मिल्ने समितिको विश्वास छ । यी ग्रह आपसमा मित्र ग्रह हुन् । यसकारणले पनि विश्वमा धेरै नराम्रा घटना नहुने समितिको विश्वास छ ।
विसं २०७२ मा शनि राजा र मङ्गल मन्त्री थिए । यी दुवै आपसमा शत्रु ग्रह हुन् । यसैले पृथ्वीमा नराम्रा घटना भएका हुन् । यो फल नेपाललाई मात्र नभई विश्वकै लागि हुनेछ । ग्रह गोचरले नै विश्वलाई सञ्चालन गर्ने शास्त्रीय मान्यता छ । रासस

६५ वर्षअघि यस्तो थियो काठमाडौं !!
पचास

को दशकमा फोटोग्राफर टोनी हेगनले नेपालका विभिन्न ठाउँमा खिचेका प्राचिन नेपाल झल्काउने फोटोहरुको प्रदर्शन विहिवार देखि राजधानीमा सुरु भएको छ ।

सन् १९५० मा नेपालमा भुगर्भविद्का रुपमा टोनी हेगन नेपाल आएका थिए । त्यसपछि यहाँको प्राकृतिक सुन्दरता र जीवनशैलीवाट मोहित भएका उनले यही बसेर नेपालको सुन्दर फोटोहरु खिचेका थिए ।
‘फोटोग्राफि नेपाल’ नाम दिईएको सो प्रदर्शनीमा नेपालका ग्रामिणभेग देखि पुरानो काठमाडौं क्षेत्रका करिव ५० वटा भन्दा वढी तस्विरहरु छन् । प्रदर्शनी तीन दिनसम्म नेपाल पर्यटन बोर्डमा चल्ने छ ।

स्व. फोटोग्राफर टोनी हेगनको पुरानो एनलग क्यामरा क्लिक गरेर उनका छोरी क्याटरिन हेगनले सो प्रदर्शनीको उद्घाटन गरिन् । पचासको दशकमा नेपालको भौगोलिक, साँस्कृतिक र प्राकृतिक जीवन दर्शाउने फोटोहरु प्रदर्शनीमा राखिएका छन् ।
नेपाललाई विश्वसामु चिनाउन र पर्यटनको आकर्षणको रुपमा वुझाउन नेपाल पर्यटन बोर्डले सो प्रदर्शनीको आयोजना गरिएको थियो ।
हेर्नुस प्राचीन नेपालका तस्वीरहरु:

पुस ९, २०७२- चीनले बुद्धिजम पूर्वाधारमा ५ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।
यस विषयमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चीन सरकारबीच सम्झौता भएको छ । सम्झौताअनुसार चीनको 'सिचुआन वेनचेन अर्थक्वक रिकन्स्ट्रक्सन फाउन्डेसन' ले काभ्रेको उग्रचण्डी नाला गाविसको तनचोक डाँडामा अन्तर्राष्ट्रिय बौद्ध सांस्कृतिक केन्द्र निर्माण गरिने छ । सँगै काठमाडौंको चन्द्रगिरि पहाडमा गौतम बुद्धको आकृति (आइकन) निर्माण गरिने छ । दुई पक्षीय सम्झौतामा चीनतर्फबाट फाउन्डेसनका उपाध्यक्ष याङ टेङलोङ र पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले हस्ताक्षर गरेका थिए । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाका अनुसार सहमति भएको पहिलो ६ महिनाभित्र प्रारम्भिक सर्वेक्षण र दोस्रो ६ महिनामा विस्तृत अध्ययन प्रतिवेदन बनाइने छ । 'तीन चरणको छलफलपछि हामीले बिहीबार सम्झौता गरेका छौं, एक वर्षभित्रै अध्ययन सकेर निमार्ण सुरु भइसक्ने छ,' सम्झौता कार्यक्रममा सहभागी सचिव थपलियाले भने । दुई पक्षीय सम्झौताअघि चिनियाँ र नेपाली टोलीले काभ्रेको उग्रचण्डी नाला गाविसको तनचोक डाँडाको स्थलगत अवलोकन गरेको थियो ।
काठमाडौं कोटेश्वरदेखि २५ किलोमिटर दूरीमा पर्ने तनचोकमा पुरानो गुम्बा छ । त्यहाँबाट उपत्यकालगायत उत्तरतिरका हिमालहरू प्रस्टै देखिन्छन् । सबैतिर देखिने त्यो डाँडो काठमाडौंबाट नजिकै र उच्च स्थानमा पनि पर्ने मध्येको भएकाले छानिएको मन्त्रालयले जनाएको छ । ३ सय ७६ रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा निर्माण हुने सांस्कृतिक केन्द्रले गौतम बुद्धको ८० वर्षे जीवनकालबारे विस्तृत जानकारी र उनको समाधिपछि फैलिएको बुद्ध दर्शनबारे विस्तृत जानकारी राख्ने छ । हाल बुद्धधर्मबारे जानकारी लिन नेपाल आउने पर्यटकहरूको बसाइ लम्याउन यसले मद्दत गर्ने पर्यटन मन्त्रालयको विश्वास छ । 'विश्वभर छरिएका बुद्ध धर्मालम्बी र अनुयायीहरूलाई आकर्षण गर्ने अन्तर्राष्ट्रिय स्तरकै ध्यान केन्द्र पनि निर्माण हुने छ । यो परियोजनाले नेपालमा गौतम बुद्धबारे जानकारी लिन आउने पर्यटकहरूको बसाइ लम्याउन मद्दत मिल्ने अपेक्षा गरेका छौं,' सचिव थपलियाले भने । चीनले रकम नपुगे थप्ने बाचा पनि गरेको यो परियोजनाले बुद्ध सर्किटमा पर्ने लुम्बिनी, पोखराको शान्ति स्तुपालाई पनि जोड्ने छ । यसैगरी यसै परियोजनाबाट चन्द्रागिरि पहाडको चट्टानी भागमा बुद्धको आइकन पनि बनाइने छ ।
भित्तामा बनाइने यस्तो आइकन नेपालमा हालसम्म कतै पनि निर्माण भएको छैन । भित्तामा बनाइने बुद्ध आकृति राजधानीका सबै स्थानबाट देखिने छ । अहिले निर्माण भइरहेको केबलकार परियोजनामा पर्यटकीय गतिविधि बढाउन पनि यसले मद्दत गर्ने छ । यो परियोजनाको निर्माणमा नेपाल सरकारको लगानी नरहे पनि सहसचिवको संयोजकत्वमा सञ्चालक समिति रहने छ । यसले योजना आयोग, अर्थ मन्त्रालय र दातृ निकाय चीनसँग समन्वय गर्ने छ ।
एक रिसर्चका अनुसार खानाको मात्राले महिलाको घट्दो सेक्स हर्माेन समस्या समाधान हुन सक्छ । खानाको तरिकाबाट महिलाको सेक्स हर्माेन एस्ट्रोजनको थेरापी गर्ने सजिलो तरिका पत्ता लागेको बताइएको छ । शोधकर्ताका अनुसार कम समयमा धेरै खाने गरेर यो समस्या ठिक पार्न सकिन्छ । सोधका क्रममा १० जनामा १ महिला र २० जनामा १ पुरुषमा खानेकुराको मात्रा तुरुन्तै बढाइदिदा यसको प्रभाव देखिएको छ ।
क्लिनिकल इन्भिेस्टिगेसन जर्नलमा प्रकाशित यो सोध टेक्सास चिल्ड्रेन हस्पिटल र बेलर कलेज अफ मेडिसिनका डा. योंग जूले गरेका हुन् । सोधका क्रममा डा. योंगले एस्ट्रोजन र अधिक खानुका बिच गहिरो सम्बन्ध भएको पत्ता लागेको बताए । उनले भने, ‘जब एस्ट्रोजन हाइ हुन्छ, खानाको मात्रा कम हुन्छ ।
जब एस्ट्रोजनको स्तर कम हुन्छ, धेरै खान भनिन्छ ।’ सोधमा यस्तो पनि देखिएको छ कि धेरै खाने महिलाको महिनावारी समेत गडबड हुन्छ । डा. योंगले एउटा अर्काे कुरा पनि उल्लेख गरेका छन् कि एस्ट्रोजनको अधिक स्तरले ब्रेस्ट क्यान्सरको खतरा हुन्छ । उनले यो सूत्रलाई स्थापित गरेर सेक्स हर्माेन घट्ने समस्या भएकाको उपचार गर्न सकिने बताएका छन् ।
@swasthyakhabar

काठमाडौं: तेश्रोलिङ्गी भुमिका श्रेष्ठले आफु तेश्रोलिङ्गी भएकै कारण केटासाथीले प्रेममा धोका दिएको बताएकी छिन् ।
राजधानीमा आयोजिक एक कार्यक्रममा सहभागी युवाहरुलाई आफ्नो जीवन भोगाइका अनुभव बाड्ने क्रममा उनले तेश्रो लिङ्गी भएको थाहा पाएपछि केटासाथीले आफुलाई प्रेममा धोका पाएको बताएकी हुन् । उनले भनिन् 'समाजको तेश्रोलिङ्गीप्रति हेर्ने दृष्टीकोण अझै पनि परिवर्तन भएको छैन ।'
मगंलबार 'युथ एक्सन नेपाल'ले तेश्रो लिङ्गीको विषयमा आयोजना गरेको कार्यक्रममा 'ब्लु डायमण्ड सोसाइटी'मा समेत आबद्ध श्रेष्ठले तेश्रोलिङ्गीप्रति हेरिने दृष्टीकोणका विषयमा चर्चा गरेकी थिइन् ।
तेश्रोलिङ्गी भएकै कारण हरेक दिन घरपरिवार, टोल छिमेक, सडकपेटीदेखी काम गर्ने कार्यालयबाट समेत तिरस्कृत हुन परेको उनले दुखेसो गरेकी छन् ।
स्वभाव र भावना फरक हुदैमा तेश्रोलिङ्गीप्रति विभेद गर्ने अधिकार समाजलाई नभएको आयोजक सस्थाकी भावना भट्टले बताएकी छन् । नेपालमा करिब ५ लाख समलिङ्गी एवं तेश्रोलिङ्गी लगायतको सख्या रहेको कार्यक्रममा बताइएको थियो ।
तत्कालीन राजा महेन्द्रबाट चालिएको २०१७ सालको शाही कदम राजनीतिक दृष्टिले आलोच्य देखिए पनि उनको कार्यकाल आर्थिक समृद्धि एवं सामाजिक न्यायका दृष्टिले महत्त्वपूर्ण देखिन्छ। उनले ०२० सालमा नयाँ मुलुकी ऐन लागू गर्नुभन्दा पहिला मुलुकमा मनुस्मृतिमा आधारित वि.सं. १९१० मा जारी मुलुकी ऐन थियो। त्यसमा जातीय-लैंगिक भेदभाव र छुवाछूतलाई कानुनी रूपमै वैधानिकता प्रदान गरी छोइछिटो महलको व्यवस्था गरिएको थियो। १९१० को मुलुकी ऐनलाई जंगबहादुरले लालमोहर लगाई वैधानिकता प्रदान गरेका थिए।
उक्त ऐनको विभिन्न धारा, उपधारा र महलमा कथित तल्लो जातिको व्यक्तिले माथिल्लो भनिएको जातिलाई छुँदा वा उसका कुनै खाद्य सामग्री वा सामान छोइँदा अंगभंग गर्ने, जातपातअनुसारको जरिवाना गर्ने, जेलनेल हाल्ने, कैद गर्ने, फलाम तताएर दामन गर्ने -डाम्ने) सम्मको कानुनी व्यवस्था थियो। उक्त ऐनमा शुद्र र स्त्रीले शिक्षा आर्जन गर्न नहुने, सभा-समारोहमा सहभागी हुनु नहुने, धार्मिक ग्रन्थलगायत गायत्री मन्त्र उच्चारण गर्न, सुन्न, छुन नहुने, सुनेमा सिसा पगालेर कानमा हाल्नुपर्नेसम्मका मानवताविरोधी कानुनी व्यवस्था थियो। १९१० को त्यो मुलुकी ऐनलाई स्व. महेन्द्रको पालामा पूर्ण रूपमा विस्थापित गराई ०२० सालमा नयाँ मुलुकी ऐन लागू गरिएको हो।
नयाँ मुलुकी ऐन जारी भएपछि बालविवाह, बहुविवाह, दाइजो प्रथा, छुवाछूत प्रथालगायत थुप्रै सामाजिक विसंगति हटाई समाजमा सामाजिक न्याय र मानवीय मूल्यमान्यता स्थापित गरी देशको कानुन प्रणालीमै क्रान्तिकारी परिवर्तन ल्याएर नेपाल र नेपालीका लागि नयाँ युगको प्रारम्भ गर्न खोजिएको थियो। यदि बुझ नपचाई राजनीतिक चस्मा उतारेर निर्मल दृष्टिले हेर्ने हो भने आधा आकाश ढाकेका महिला, भूमिहीन सुकुम्बासी र कुल जनसंख्याको एक चौथाई हिस्सा ओगटेका उत्पीडित दलित समुदायका लागि नयाँ मुलुकी ऐन २०२० ले सामाजिक न्याय प्रदान गरेको छ र स्व. राजा महेन्द्र उनीहरूका लागि मुक्तिदाता नै हुन् भन्नुमा कुनै संकोच मान्नु पर्दैन। समाजमा छुन नहुने, देख्दा साइत नपर्ने कथित अछुत जातका मान्छेलाई मन्त्रिमण्डलमा राखी आफ्नै सवारीमा समेत महत्त्व दिई, अग्रसर बनाउनुलाई हल्का ढंगबाट हेर्नु उचित हुँदैन।
धर्म-संस्कृतिको संरक्षणका लागि धर्मभित्र रहेका विकृति, विसंगति हटाएर धर्म सबैका लागि भन्ने भावनाको विकास होस् र धार्मिक मूल्यमान्यता स्थापित गराउन सकियोस् भन्ने हेतुले स्व. महेन्द्रबाट सामाजिक सुधारका धेरै काम अगाडि बढाइए। ०२० सालमा नयाँ मुलुकी ऐन लागू गरी पृथ्वीनारायण शाहले निर्माण गरेको ४ वर्ण ३६ जातको साझा फूलबारीमा सबै जातजाति, भाषाभाषी, धर्म-संस्कृतिका नेपालीले निर्वाध रूपमा फुल्ने-फल्ने वातावरण सिर्जना गरिएको थियो। पृथ्वीनारायण शाहले कथित दलित समुदायका विशे नगर्चीलाई आर्थिक सल्लाहकारका रूपमा, प्रजातन्त्रवादी नेता बीपी कोइरालाले धनमानसिंह परियारलाई पार्टी महामन्त्रीका रूपमा र राजा महेन्द्रले हिरालाल विश्वकर्मालाई गरिमामय मन्त्री पदमा पटकपटक महत्त्व दिएका कारण उहाँहरूलाई नेपालका दलित समुदायले युग-युगसम्म सम्झीरहने छन्।