-->
जान्नुहोस कागतीका १० फाइदा

कागतीमा बिभिन्न गुणहरु रहेका हुन्छन जसले हाम्रो शरिरमा लागेका बिभिन्न रोगहरु निको पार्नमा मद्धत पुराउनुक साथै रोग लाग्नबाट समेत बचाउँदछ । कागतीमा साइट्रिक एसिड, फास्फोरिक एसिड, मेलिक एसिड र शर्करा पाइन्छ । कागतीले धेरै फाइदा पुर्याउछ हेर्नुहोस कागतीका १० फाइदाहरु ।

kagti

१. कागतीको रसले अनुहारमा मसाज गर्नाले अनुहारमा रहेको चाया निको हुन्छ ।

२. काँचो कागतीको बोक्रा दिनमा २/३ पटक टोक्ने गरेमा पेट दुख्ने रोग कम हुन्छ ।
३. दुई फक्लेटा कागती कन्चेटमाथी राखेर एक घन्टासम्म सेक्नाले टाउको दुख्ने रोग निको हुन्छ ।
४. पागलपनका बिरामीहरुलाई कागतीको रस निधारमा लेपन गरिदिनाले धेरै लाभ पुर्याउदछ ।
५. कागती काटेर ढुंगामा घोट्ने र कपडामा पोको पारेर आँखामाथि राखेर सेक्नाले आँखामा कचेरा आउने, रातो हुने र दुख्ने आदि रोग निको हुन्छ ।
६. कागतीको रसमा मह मिलाई लगाउने र मनतातो पानीले सफा गर्नाले अनुहार चम्किलो हुन्छ ।
७. छालामा आएको कालो दाग, दाद आदि पनि कागती काटेर रगड्नाले ठिक हुन्छ् ।
८. मनतातो पानीमा कागतीको रस र मिस्री मिलाइ दैनिक रुपमा बिहान / बिहान पिउनाले कलेजो सफा हुन्छ ।
९. कागतीको रसमा २ गुणा पानी, २ वटा ल्वाङ र मरिच राखी सेवन गर्नाले अरुचि भएको मानिसलाई खानामा रुचि हुन्छ । यसको साथै कागती काटेर बिरेनुन छरेर चाट्नाले पनि खानामा रुचि बढ्दछ ।
१०.  प्रत्येक दिन बिहान २०० ग्राम तातोपानीमा २ चम्चा ताजा कागतीको रस र १ चम्चा मह सेवनले मोटोपना घट्छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.