-->
गाउँका देवरले आँखा लगाउँदा मधुले

पोखरा । सुखदुःख श्रीमान श्रीमती मिलेर सँगै सामना गर्ने चाहना नहुने सायद कमै होलान ।
अझै गाउँघर छाडेर सबै बजार झरेपछि र आफ्नै गाउका देवरले समेत कुदृष्टीले हेर्न थाल्दा प्रदेशमा भएका श्रीमानलाई घर फर्कि आउ भन्न मन लाग्दो नै हो ।
यस्तै भएको छ लोकगायिका मधु चापागाईलाई पनि । गत बर्ष गाउँका सबै शहर पसेपछि गाउघर शुन्य भयो भन्दै गित गाएर चर्चा कमाउन सफल मधुले यसबर्ष त प्रदेशिएका श्रीमान्लाई गाउघरमै व्यपार थाल्ने बाख्रा पाल्ने भन्दै गीत मार्फत फर्कि आउन आग्रह गरेकि छिन ।
उनले घर शुन्य भो भाग २:- (बाख्रा पालम्ला) गीतमार्फत यस्तो आग्रह गरेकी हुन् । घरपरिवार छाडेर प्रदेशमा जीवन बिताईरहेका र प्रदेशिको आशमा बस्ने परिवारको बास्तविकतालाई घनश्याम रिजालले सिर्जना गरेका हुन ।
नेपाली लोकदोहोरी क्षेत्रमा विकृती छाईरहेको बेलामा समाजमा हुनेगरेको वास्तविक घटनालाई प्रस्तुत गरेको कारणले पनि अहिले नेपाली लोक सांगितिक क्षेत्रमा बाख्रा पालम्ला गीतले विशेष चर्चा कमाईरहेको छ । साथै यस गीतले प्रदेशमा दुख गरिरहेका नेपालीहरुलाई नेपालमै परिवारको साथमा रहेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
गीतमा शब्द सिर्जना घनश्याम रिजालको लय सिर्जना राजन कार्किको छ भने आवज मधु चापागाई र घनश्याम रिजालको रहेको छ । गायिका मधु चापागाई नेपालकै पहिलो अर्थ रेडियो सामुदायिक रेडियो सम्बृद्ध नेपाल ९२.६ मेगाहर्जमा लोकदोहोरी सम्बन्धि कार्यक्रम लोक धड्कन समेत चलाउदै आईरहेक छन ।
केही समय अगाडि बजारमा आएको गितको बजार व्यवस्थापन रक्षा म्युजिक प्रालिले गरेको छ । उक्त गितको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनेको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.