-->
नेपालमाथि हस्तक्षेप गर्ने भारतविरुद्ध पहिलो पटक नेपालले कुरा उठायो !

काठमाडौं, ७ फागुन । राजनीतिदेखि सीमा मिच्नेसम्मका हस्तक्षेप गर्दै आएको भारतविरुद्ध पहिलोपटक नेपालले कुरा उठाएको छ ।
भारतले आफ्ना राजदूतमार्फत राजनीतिमा प्रत्यक्ष हस्तक्षेप र दबाब दिइरहेका बेला नेपालबाट भने विद्यार्थीले हस्तक्षेप र दबाब दिएका हुन् ।
विद्यार्थीहरुले शिक्षा क्षेत्रमा भारत सरकारविरुद्ध कुरा उठाएका हुन् । यसको सुरुवात एमाओवादी निकट अखिल क्रान्तिकारीले गरेको छ ।
क्रान्तिकारीले भारतस्थित जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी युनियनका अध्यक्ष कन्हैयाकुमारलाई गिरफ्तार गरेको घटनाप्रति आपत्ति जनाएको छ ।
संगठनका अध्यक्ष रमेश मल्लले शुक्रबार एक विज्ञप्ति जारी गरी भारतीय राज्यद्वारा प्राज्ञिक थलोभित्र नांगो हस्तक्षेप भएको भन्दै उक्त घटनाको भर्त्सना गरेका हुन् । उनले यो विज्ञप्तिलाई भारतीय राजदूतावासमार्फत भारतको सरकारलाई समेत पठाएका छन् ।
विज्ञप्तीमा भनिएको छ– ‘विश्व जगतमा आफुलाई लोकतन्त्रको अब्बल मठाधिस दावी गर्ने गणतन्त्र भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले जवाहरलाल नेहरु विश्वविद्यालय काण्डमा नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्राज्ञिक स्वतन्त्रताको धज्जी उडाएको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
कन्हैयाकुमार
विज्ञप्तीमा भारत सरकारलाई प्राज्ञिक मर्यादा र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै कन्हैयाकुमारको अबिलम्ब रिहा गर्न समेत माग गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘प्राज्ञिक थलोभित्र नाङ्गो रुपमा राज्य आतंक मच्चाउँदै जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी यूनियनका अध्यक्ष कन्हैया कुमारले दिएको अभिव्यक्तिलाई लिएर उनलाई गिरफ्तार गर्ने, विद्यार्थीहरुलाई विश्वविद्यालयबाट निष्काशन गर्ने र प्राध्यापकहरुलाई आतंकित पार्ने खालका अलोकतान्त्रिक हर्कतको हामी घोर निन्दा र भत्र्सना गर्दछौं ।’



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.