यु १९ विश्वकप : पाँचौँ स्थानका लागि नेपाल र पाकिस्तानबीचको खेल कुन टिभीमा आउँछ लाइभ?

![]() |
माघ २५
काठमाडौँ : १९ वर्ष मुनिको विश्वकप क्रिकेट
प्रतियोगिताको पाँचौँ स्थानका लागि
मंगलबार हुने प्ले अफमा नेपालले पाकिस्तानसँग खेल्ने
भएको छ।
यो खेल टेलिभिजनबाट पनि प्रत्यक्ष प्रसारण हुने
भएको छ।
त्यसो त मंगलबार नै पहिलो सेमिफाइनलमा भारत र
श्रीलङ्काबीच खेल हुनेछ। बिहान नेपाली समय
अनुसार पौने ९ बजे दुवै खेल हुने भए पनि कुन खेल लाइभ
हेर्ने तपाईँले चलाउने रिमोटमा भर पर्नेछ।
भारत र श्रीलङ्काबीचको खेल स्टार स्पोर्टस् च्यानल
१ र स्टार स्पोर्टस् एचडी १ मा लाइभ हुनेछ भने नेपाल र
पाकिस्तानबीचको खेल स्टार स्पोर्टस् च्यानल २ र
स्टार स्पोर्टस् एचडी २ मा हुनेछ।
प्रिभ्यु र विश्लेषणसहित लाइभ कार्यक्रम बिहान
सवा ८ बजेदेखि सुरु हुनेछ।
सोमबार सेमिफाइनल प्रवेशका लागि भएको खेलमा
पाकिस्तान वेष्ट इण्डिजसँग ५ विकेटले पराजित भएको
हो। नेपाल भने सेमिफाइनल प्रवेशका लागि भएको
खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो। पहिलोपोस्टबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...