दिल्ली भ्रमण : के-के सहमति भए? नेपालले के पायो? नयाँ दिल्लीबाट पहिलोपोस्टको रिपोर्ट

![]() |
नयाँ दिल्ली : भारत भ्रमणमा आएको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी निकै व्यस्त रह्यो। उनको उपस्थितिमा नेपाल र भारतबीच तीन वटा एमओयु (समझदारी पत्र) दुई वटा विषयमा लेटर अफ एक्सचेन्ज र मुज्जफरपुर-ढल्केबर प्रसारण लाइन उद्घाटन तथा दुई देशको प्रबुद्ध समूह गठन गर्ने निर्णय भएको छ।
नेपाल र बंगलादेशबीचको ट्रान्जिटका लागि काकडभित्ता-बंगलाबन्ध कोरिडर र विशाखापत्तनम बन्दरगाहको सञ्चालनका लागि वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय र समकक्षी रीता टियोटियाबीच हस्ताक्षर भएको हो।
यो सहमतिपछि नेपाल र बंगलादेशबीच भारतको बाटो गरी हुने सामानको आयातनिर्यातको मोडालिटीमा सामान्यीकरण गरिनेछ। तेस्रो मुलुकबाट आाएको सामानमा अतिरिक्त ताला लगाउनुपर्ने प्रावधानका कारण विशाखापत्तनम संचानलनमा आउन सकेको थिएन।
नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री तथा तत्कालीन वाणिज्यमन्त्री लेखराज भट्ट हुँदा अतिरिक्त ताला लगाउने विषयमा ठूलो
विवाद भएको थियो। भारतले कोलकाता बन्दरगाहमा समेत अतिरिक्त ताला लगाएपछि नेपाल विशाखापत्तनममा अतिरिक्त ताला लगाउन तयार थियो।
कोलकाताभन्दा विशाखापत्तनम बन्दरगाहबाट सामान ल्याउन सजिलो र सस्तो हुन्छ। यो बन्दरगाह निजी क्षेत्रले संचालन गरेको हो भने कोलकाताको सरकारले। विशाखापत्तनममा पानीको मात्रा धेरै भएकोले सिमेन्ट, रासायनिक मल ल्याउन सहज छ। कोलकातामा पानीको बहाव कम भएकोले यस्ता सामान ल्याउन धेरै समय लाग्छ।
यो पनि हेर्नुस्-
यसैसँग सम्बन्धित हुने गरी अर्को दुई वटा लेटर अफ एक्स्चेन्ज भएको छ जसमा पहिलोले नेपालबाट विशाखापत्तनमसम्म जाने र आउने रेल यातायातको अनुमति दिन्छ भने दोस्रोले बंगलादेशसँग र बंगलादेश भएर तेस्रो देशसँग नेपालले गर्ने व्यापारलाई भारतको सिंगबाद हुँदै रेल ट्रान्जिटको सुविधा दिन सहयोग गर्नेछ।
यो प्रसारण लाइनबाट तत्काल ८० मेगावाट बिजुली भारतले नेपाललाई दिन्छ। अक्टोबर २०१६ सम्म यसलाई बढाएर २०० मेगावाट बनाइनेछ भने डिसेम्बर २०१७ सम्म ६०० मेगावाट।
यो प्रसारण लाइनको नेपालतर्फको भाग एक करोड ३५ लाख अमेरिकी डलर सहुलियत ऋणबाट नेपालले बनाएको हो।
भारतले भारतीय परामर्शदाता नै अनिवार्य राख्नुपर्ने शर्त पनि अघि सारेको थियो। सडक निर्माण क्रममा जग्गा अधिग्रहण र मुआब्जा दिने विषयमा समेत भारत र नेपालको कुरा मिलेको थिएन।
नेपालले यसमा भारतले ९०० करोड लगानी गर्ने प्रस्ताव राखेको थियो तर भारतले ५०० करोडभन्दा बढी हुन नसक्ने बताएको थियो। ११५२ किमीको दोस्रो चरणको लागि नेपालले गरेको प्रस्ताव डिपिआर नहुन्जेल गर्न नसकिने भारतले बताएको थियो।
भारतको लगानीमा नेपालले बनाउने नयाँ मोडलमा जान भारत तयार रहेको तर भारतीय कन्सलटेन्ट नै चाहिने भारतको शर्तलाई नेपालले ठेकेदार (कन्ट्रयाक्टर) र परामर्शदाता (कन्सलट्यान्ट) फरकमुलुकको राख्न नमिल्ने कानुनी कठिनाइ रहेको भन्दै अस्वीकार गरेको थियो।
यस्ता असहमतिका बीच ओलीको भ्रमणका क्रममा भएको एमओयुमा झारा टार्ने यस्ता वाक्य मात्रै छन्- यो एमओयुले तराई सडक फेज वन प्रोजेक्ट कूल ५१८ किमीको प्याकेज २,३,४, ५ र ६ का १७ सडकहरुको बाँकी काम द्रुत कार्यान्वयन गर्नेछ।
अहिले भने आवासका लागि १० करोड अमेरिकी डलर भूकम्प प्रभावित १४ जिल्लाका ५० हजार घर बनाउन, ५ करोड अमेरिकी डलर भूकम्प प्रभावित ३१ जिल्लाका स्वास्थ्य, शिक्षा र सांस्कृतिक धरोहर जस्ता क्षेत्रमा खर्च गर्ने गरी चार वटा क्षेत्र पहिचान गरिएको छ।
यो एमओयुमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री कमल थापा र भारतका तर्फबाट समकक्षी सुषमा स्वराजले हस्ताक्षर गरिन्।
भारततर्फ सांसद भगतसिंह कोस्यारी, सिक्किम युनिभर्सिटीका पूर्व उपकुलपति महेन्द्र लामा, पूर्व भारतीय राजदूत जयन्त प्रसाद र बीसी उप्रेति रहेका छन्।
हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच एकल र संयुक्त वार्ता हुनुअघि प्रम ओलीलाई बिहान १० बजे राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा भव्य स्वागत गरिएको थियो।
प्रम ओलीले गार्ड अफ अनरको अवलोकन गरेका थिए।
राष्ट्रपति भवनबाट प्रम ओलीसहितको टोली सिधै राजघाट लागेका थिए जहाँ उनले महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरे।
११ बजे राष्ट्रपति भवनमा नै ओली र भारतीय विदेश मन्त्री सुषमा स्वराजसित भेटवार्ता गरे।
अपराह्न ४ बजे राष्ट्रपति भवनमा ओली र भारतीय गृह मन्त्री राजनाथ सिंहबीच भेट भयो भने पौने ५ बजे भारतीय वित्त मन्त्री अरुण जेट्लीसँग भेट भयो।
साँझ साढे ५ बजे भारतीय उपराष्ट्रपतिसँग ओलीले मौलाना आजाद रोडमा भेट गरे। साँझ ७ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटपछि बल्ल ओलीको आजको औपचारिक कार्यक्रम सकिएको थियो।
प्रम ओली आज दोस्रो रात राष्ट्रपति भवनमा बिताउँदै छन्। - pahilo post बाट
नेपाललाई विशाखापत्तनम बन्दरगाहको सुविधा
भारत र नेपालबीच भएको ट्रान्जिट रुटहरु सम्बन्धी लेटर अफ एक्सचेन्जमा विशाखापत्तनम बन्दरगाहको सुविधा नेपालले पाउने गरी भएको सहमति महत्त्वपूर्ण हो।नेपाल र बंगलादेशबीचको ट्रान्जिटका लागि काकडभित्ता-बंगलाबन्ध कोरिडर र विशाखापत्तनम बन्दरगाहको सञ्चालनका लागि वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय र समकक्षी रीता टियोटियाबीच हस्ताक्षर भएको हो।
यो सहमतिपछि नेपाल र बंगलादेशबीच भारतको बाटो गरी हुने सामानको आयातनिर्यातको मोडालिटीमा सामान्यीकरण गरिनेछ। तेस्रो मुलुकबाट आाएको सामानमा अतिरिक्त ताला लगाउनुपर्ने प्रावधानका कारण विशाखापत्तनम संचानलनमा आउन सकेको थिएन।
नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री तथा तत्कालीन वाणिज्यमन्त्री लेखराज भट्ट हुँदा अतिरिक्त ताला लगाउने विषयमा ठूलो
विवाद भएको थियो। भारतले कोलकाता बन्दरगाहमा समेत अतिरिक्त ताला लगाएपछि नेपाल विशाखापत्तनममा अतिरिक्त ताला लगाउन तयार थियो।
कोलकाताभन्दा विशाखापत्तनम बन्दरगाहबाट सामान ल्याउन सजिलो र सस्तो हुन्छ। यो बन्दरगाह निजी क्षेत्रले संचालन गरेको हो भने कोलकाताको सरकारले। विशाखापत्तनममा पानीको मात्रा धेरै भएकोले सिमेन्ट, रासायनिक मल ल्याउन सहज छ। कोलकातामा पानीको बहाव कम भएकोले यस्ता सामान ल्याउन धेरै समय लाग्छ।
यो पनि हेर्नुस्-
यसैसँग सम्बन्धित हुने गरी अर्को दुई वटा लेटर अफ एक्स्चेन्ज भएको छ जसमा पहिलोले नेपालबाट विशाखापत्तनमसम्म जाने र आउने रेल यातायातको अनुमति दिन्छ भने दोस्रोले बंगलादेशसँग र बंगलादेश भएर तेस्रो देशसँग नेपालले गर्ने व्यापारलाई भारतको सिंगबाद हुँदै रेल ट्रान्जिटको सुविधा दिन सहयोग गर्नेछ।
जलविद्युतमा पनि भारत निर्भर
पेट्रोलियम पदार्थमा मात्र भारत निर्भर रहँदै आएको नेपाल अब जलविद्युतमा पनि भारत निर्भर हुने लक्षण देखिने गरी अर्को एउटा सहमति भएको छ। प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदराबाद हाउसको बल रुममा संयुक्त घोषणा कार्यक्रममै मुजफ्फरपुर-ढल्केबर प्रसारण लाइनको रिमोट थिची उद्घाटन गरे।यो प्रसारण लाइनबाट तत्काल ८० मेगावाट बिजुली भारतले नेपाललाई दिन्छ। अक्टोबर २०१६ सम्म यसलाई बढाएर २०० मेगावाट बनाइनेछ भने डिसेम्बर २०१७ सम्म ६०० मेगावाट।
यो प्रसारण लाइनको नेपालतर्फको भाग एक करोड ३५ लाख अमेरिकी डलर सहुलियत ऋणबाट नेपालले बनाएको हो।
हुलाकी सडकमा नेपालको प्रस्ताव अस्वीकृत
एक दशकअघिदेखिको तराईको हुलाकी सडक निर्माणमा नेपालको प्रस्ताव अस्वीकृत भएपछि खासै केही प्रगति बिनाको एमओयुमा चित्त बुझाउन नेपाल बाध्य भएको छ। यो सडक एक दशकअघि नै भारतले आफै बनाइदिने भनी लिखित प्रतिवद्धता जनाएको थियो। तर भारतले रकम थप्न अस्वीकार गरेपछि नेपालको प्रस्ताव तुहियो।भारतले भारतीय परामर्शदाता नै अनिवार्य राख्नुपर्ने शर्त पनि अघि सारेको थियो। सडक निर्माण क्रममा जग्गा अधिग्रहण र मुआब्जा दिने विषयमा समेत भारत र नेपालको कुरा मिलेको थिएन।
नेपालले यसमा भारतले ९०० करोड लगानी गर्ने प्रस्ताव राखेको थियो तर भारतले ५०० करोडभन्दा बढी हुन नसक्ने बताएको थियो। ११५२ किमीको दोस्रो चरणको लागि नेपालले गरेको प्रस्ताव डिपिआर नहुन्जेल गर्न नसकिने भारतले बताएको थियो।
भारतको लगानीमा नेपालले बनाउने नयाँ मोडलमा जान भारत तयार रहेको तर भारतीय कन्सलटेन्ट नै चाहिने भारतको शर्तलाई नेपालले ठेकेदार (कन्ट्रयाक्टर) र परामर्शदाता (कन्सलट्यान्ट) फरकमुलुकको राख्न नमिल्ने कानुनी कठिनाइ रहेको भन्दै अस्वीकार गरेको थियो।
यस्ता असहमतिका बीच ओलीको भ्रमणका क्रममा भएको एमओयुमा झारा टार्ने यस्ता वाक्य मात्रै छन्- यो एमओयुले तराई सडक फेज वन प्रोजेक्ट कूल ५१८ किमीको प्याकेज २,३,४, ५ र ६ का १७ सडकहरुको बाँकी काम द्रुत कार्यान्वयन गर्नेछ।
भूकम्पपछिको पुननिर्माणबारे
भूकम्पपछिको पुननिर्माणका लागि यस पटकको भ्रमणमा कुनै नयाँ सहमति भएको छैन। भारत सरकारले यसअघि नै घोषणा गरेको साढे दुई करोड अमेरिकी डलरको अनुदानको उपयोग गर्नेबारे एमओयुमा हस्ताक्षर भएको छ। नेपालले अहिलेसम्म यो अनुदान कसरी उपयोग गरिन्छ भनेर योजना प्रस्तुत गर्न सकेको थिएन।अहिले भने आवासका लागि १० करोड अमेरिकी डलर भूकम्प प्रभावित १४ जिल्लाका ५० हजार घर बनाउन, ५ करोड अमेरिकी डलर भूकम्प प्रभावित ३१ जिल्लाका स्वास्थ्य, शिक्षा र सांस्कृतिक धरोहर जस्ता क्षेत्रमा खर्च गर्ने गरी चार वटा क्षेत्र पहिचान गरिएको छ।
यो एमओयुमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री कमल थापा र भारतका तर्फबाट समकक्षी सुषमा स्वराजले हस्ताक्षर गरिन्।
अन्य एमओयु
नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने गरी आदान प्रदानको एउटा एमओयुमा हस्ताक्षर भएको छ। त्यसैगरी दुई देशबीचको सम्बन्ध दरिलो बनाउन दुवै देशले प्रवुद्ध समूह गठन गरेको छ। नेपालतर्फको समूहमा केही समयअघि मन्त्रिपरिषद् बैठकद्वारा पारित नाम सांसद राजन भट्टराई पूर्व मन्त्री भेषबहादुर थापा, पूर्व अख्तियार प्रमुख सूर्यनाथ उपाध्याय र पूर्व कानुन मन्त्री निलाम्बर आचार्य छन्।भारततर्फ सांसद भगतसिंह कोस्यारी, सिक्किम युनिभर्सिटीका पूर्व उपकुलपति महेन्द्र लामा, पूर्व भारतीय राजदूत जयन्त प्रसाद र बीसी उप्रेति रहेका छन्।
हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच एकल र संयुक्त वार्ता हुनुअघि प्रम ओलीलाई बिहान १० बजे राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा भव्य स्वागत गरिएको थियो।
प्रम ओलीले गार्ड अफ अनरको अवलोकन गरेका थिए।
राष्ट्रपति भवनबाट प्रम ओलीसहितको टोली सिधै राजघाट लागेका थिए जहाँ उनले महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरे।
११ बजे राष्ट्रपति भवनमा नै ओली र भारतीय विदेश मन्त्री सुषमा स्वराजसित भेटवार्ता गरे।
अपराह्न ४ बजे राष्ट्रपति भवनमा ओली र भारतीय गृह मन्त्री राजनाथ सिंहबीच भेट भयो भने पौने ५ बजे भारतीय वित्त मन्त्री अरुण जेट्लीसँग भेट भयो।
साँझ साढे ५ बजे भारतीय उपराष्ट्रपतिसँग ओलीले मौलाना आजाद रोडमा भेट गरे। साँझ ७ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटपछि बल्ल ओलीको आजको औपचारिक कार्यक्रम सकिएको थियो।
प्रम ओली आज दोस्रो रात राष्ट्रपति भवनमा बिताउँदै छन्। - pahilo post बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...